Premier Cables
Premier Steel

समाचार

कारागारबाट भागेका ४ जना कैदी पाँचथरमा पक्राउ

Calendar बुधबार, आश्विन ०१, २०८२  | बिहान १०:४१ बजे

पाँचथर। जेनजी समूहको विन्द्रोहपछि भदौ २४ गते विभिन्न कारागारबाट भागेका ४ जना कैदी पाँचथरमा पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये ललितपुरको नख्खु कारागारबाट भागेका १ र सुनसरीको झुम्का कारागारबाट भागेका ३ जना रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख (डीएसपी) कौशल बुढाथोकीले जानकारी दिए ।

बिज्ञापन

उनका अनुसार नख्खुबाट भागेका कर्तव्य ज्यान मुद्दाका अभियोगी ३६ वर्षीय चन्द्र भन्ने विनय नेम्बाङसँगै झुम्का कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दाकै पाँचथर कुम्मायक-१ का ४५ वर्षीय चन्द्रबहादुर तामाङ, जबरजस्ती करणी मुद्दाका अभियोगी पाँचथर तुम्वेवाका ४० वर्षीय गोपाल बोहरा र लागुऔषध मुद्दाका अभियोगी पाँचथर फिदिम नगरपालिका-५ का ३० वर्षीय मंगलसिंह तुम्वापो मंगगलबार घरबाटै पक्राउ परेका हुन् ।

चारैजनालाई पाँचथर कारागारमा राखिएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka