Premier Cables
Premier Steel

विराटनगर

विराटनगरका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र २४, २०८२  | बिहान १०:४८ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगरमा जारी प्रदर्शन र त्यसका कारण उत्पन्न असामान्य स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय मोरङले आज (भदौ २४ गते) बिहान ११ बजेदेखि बेलुका १० बजेसम्म लागि कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवद्वारा जारी आदेशमा सार्वजनिक सुरक्षा, शान्ति र सुव्यवस्था कायम राख्न अत्यावश्यक भएकोले कर्फ्यु लागू गरिएको उल्लेख गरिएको छ।

बिज्ञापन

यसअघि बसेको जिल्ला सुरक्षा समितिको बैठकले विराटनगर महानगरसहितका विभिन्न स्थानमा असामाजिक तथा हिंसात्मक गतिविधि हुन सक्ने आशंका गर्दै कर्फ्युको निर्णय गरेको हो।

कर्फ्यु लाग्ने स्थानहरू
पूर्वमा नेपाल राष्ट्र बैंक, पश्चिममा कोशी अस्पताल चोक

उत्तरमा विराटनगर जेसिज हलदेखि दक्षिणमा गौरव अस्पताल

कोशी राजमार्गको उत्तर र दक्षिणतर्फका भागहरू

विराटनगर महानगरपालिकाको शान्तिनगर, बिर्टोल चोक, बिर्टोल मन्दिर, शान्तिनगर चोक आसपास

प्रदेश प्रमुख कार्यालय, प्रदेश सभा भवन वरिपरिका क्षेत्र

प्रदेश प्रमुख निवासको २०० मिटर क्षेत्रभित्र

इनट्रीगेटेड चेकपोष्ट (आइसीपी) को २०० मिटर वरिपरि

जिल्ला प्रशासनले आम नागरिकलाई कर्फ्यु अवधिभित्र अनावश्यक हिँडडुल नगर्न तथा सुरक्षा निकायलाई सहयोग गर्न अपिल गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka