Premier Cables
Premier Steel

समाचार

शिवसताक्षीमा सहायक योग प्रशिक्षक तालिम सुरु

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र २२, २०८२  | अपराह्न २:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

दूधे (झापा) ।पतञ्जली योग झापाले शिवसताक्षी नगरपालिकामा सहायक योग प्रशिक्षक तालिम सुरु गरेको छ। शनिबार शिवसताक्षी–८ का वडा अध्यक्ष सन्तकुमार फेउदिनले दीप प्रज्वलन गरी तालिमको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा वडा–७ का अध्यक्ष भवानी विक्रम चेम्जोङ पनि सहभागी थिए, जो तालिमका प्रशिक्षार्थी समेत हुन्।

१५ दिनसम्म चल्ने यो तालिममा शिवसताक्षी-८, ७ र ६ नं. वडाका करिब ८० जना सहभागी प्रशिक्षार्थीले सहायक योग प्रशिक्षकको प्रमाणपत्र प्राप्त गर्नेछन्। तालिम वडा-८ का लागि झिलझिले माध्यमिक विद्यालयको सभा हलमा, र वडा–६ तथा ७ का लागि लालझोडास्थित भानु माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुनेछ। तालिम व्यवस्थापनमा स्थानीय समन्वय समितिका संयोजक तथा पतञ्जली योग समिति शिवसताक्षीका मोहन निरौलाले समन्वय गरेका छन्।

बिज्ञापन

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष फेउदिन र अध्यक्ष चेम्जोङले तालिमको सफलताको शुभकामना व्यक्त गरे। उनीहरूले आगामी आर्थिक वर्षदेखि पतञ्जली योग शिवसताक्षीलाई बजेटमार्फत आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै, नगरवासीलाई योग अभ्यासमा सहभागी हुन आग्रहसमेत गरे।

कार्यक्रममा छिमेकी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष उदय प्रकाश राई, नेपाली कांग्रेसका नेता परशुराम ढुङ्गाना, पतञ्जली योग झापाका अध्यक्ष देवीप्रसाद घिमिरे, महिला समिति झापाकी अध्यक्ष प्रेमकला निरौला, तथा संगठन विभाग प्रमुख एवं सचिव कृष्णप्रसाद ओझालगायतले योगको महत्वबारे मन्तव्य दिएका थिए।

उनीहरूले नियमित योग अभ्यासले स्वास्थ्यमा सुधार ल्याउने, औषधिको खर्च घटाउने, दीर्घरोग नियन्त्रण गर्न सहयोग गर्ने र जीवनस्तर उकास्ने बताए। चिकित्सकहरूका अनुसार योगले मधुमेह, रक्तचाप, मोटोपन, मानसिक तनाव र अनिद्राजस्ता समस्यामा सकारात्मक प्रभाव पार्ने गर्दछ। साथै, शरीरमा ऊर्जा बढाउने, काम गर्ने क्षमता अभिवृद्धि गर्ने र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने प्रभावसमेत रहने जनाइएको छ।

हाल झापा जिल्लामा करिब १० हजारभन्दा बढी नागरिकले नियमित रूपमा योग अभ्यास गरिरहेको पतञ्जली योग झापाले जानकारी दिएको छ। कार्यक्रमको सञ्चालन पतञ्जली योग झापाका महासचिव रुद्र ओलीले गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka