Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा ४२ जना सह-योग शिक्षक दीक्षित

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, माघ ०५, २०८२  | साँझ ६:१४ बजे
Hamro Biratnagar Headlines

विराटनगर । पतञ्जली योग समिति विराटनगर महानगर समितिद्वारा सञ्चालित १५ दिने सह–योग शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा समिति (योग ध्यान केन्द्र) मा आयोजित कार्यक्रममा ४२ जना प्रशिक्षार्थी दीक्षित भएका छन् ।

कार्यक्रमको समापन तथा दीक्षा समारोह कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

समारोहमा प्रशिक्षार्थीलाई रुद्राक्षको माला लगाइ प्रमाणपत्र प्रदान गरिएको थियो । दीक्षित हुनेमा विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपानेसहित राजेन्द्र बुढाथोकी, साइमन पोखरेल, टंक भट्टराई, तेजबहादुर भट्टराई, प्रशान्त पौडेल, निरु कट्टेल, गीता न्यौपाने, इन्द्र कोइराला, रोजी सुवेदी, इन्दुकुमारी साह, रेणुकुमारी साह, चन्द्रकला बस्नेत राणा, कञ्चनकुमारी यादव, गीतादेवी भगत, सुशीला यादव, सुशीला ढकाल, हीराप्रसाद साह, चिन्तोकुमारी, आशादेवी कामत, राधाकुमारी साह र सरोज नेपाली रहेका छन् । उनीहरू योग प्रशिक्षकका रूपमा दीक्षित भएका हुन् ।

त्यसैगरी प्रमिलादेवी ढकाल, रिंकुकुमारी मेहता, रेणुकुमारी चौधरी, प्रदीप कोइराला, रेणुका कोइराला, विनिता आचार्य, पुण्यशीला पौडेल, कविताकुमारी यादव, सुशीलाकुमारी साह, आरतीकुमारी यादव, सुमित्रा ढुंगेल, शकुन्तला लुइँटेल, मनिषा देव, प्रतिमा देव, मीराकुमारी देव, सुरेश कटुवाल, संजय गुप्ता, सरिताकुमारी, कल्पना कार्की र रश्मीकुमारी सिंह सह–योग शिक्षकका रूपमा दीक्षित भएका छन् ।

समारोहलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले योगले व्यक्तिलाई अनुशासित, स्वस्थ र सकारात्मक बनाउने बताए । योग अभ्यासले मानिसलाई निरोगी मात्र नभई खुसी र चिन्तामुक्त जीवनतर्फ अग्रसर गराउने उनको भनाइ थियो ।

पतञ्जली योग समिति विराटनगर महानगर समितिका अध्यक्ष माधव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, योग समितिकी कोशी प्रदेश सचिव शोभा कोइराला, महानगर संगठन सचिव चूडामणि घिमिरे, महानगर महासचिव दीपा बस्नेत, मोरङ जिल्ला उपाध्यक्ष दामोदर पोखरेल, मोरङ महिला महासचिव सुवास विष्ट र महानगर महासचिव डीबी बस्नेतलगायतले विद्यालय तहदेखि नै पाठ्यक्रममा योग समावेश गर्नुपर्नेमा जोड दिएका थिए ।

समापन समारोहमा वडाध्यक्ष नेउपानेले १५ जना प्रशिक्षकलाई एक–एक जोर योगी पोसाक (ट्रयाकसुट) प्रदान गर्दै सम्मान गरेका थिए ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka