Premier Cables
Premier Steel

राजनीति

डा. शेखर कोइरालाको एक साता लामो चीन भ्रमणको तयारी

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र १९, २०८२  | अपराह्न ३:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला एक साता लामो चीन भ्रमणमा जान लागेका छन्।

स्रोतका अनुसार डा. कोइराला शुक्रबारदेखि चीनको भ्रमणमा रहनेछन्। उनले एक चिनियाँ विश्वविद्यालयको औपचारिक निमन्त्रणामा भ्रमण गर्न लागेका हुन्।

बिज्ञापन

यद्यपि, डा. कोइरालाले भ्रमणको औपचारिक जानकारी सार्वजनिक गरेका छैनन्। उनको सचिवालयले भने विश्वविद्यालयको निमन्त्रणामा भ्रमण हुन लागेको पुष्टि गरेको छ।

संसद सचिवालयलाई भने भ्रमणबारे अहिलेसम्म औपचारिक जानकारी दिइएको छैन। तर, बिहीबार बिहान कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले संसद सचिवालयमा फोन गरेर भ्रमणबारे जानकारी लिएको स्रोतले जनाएको छ।

डा. कोइराला भदौ २५ गतेसम्म चीनमा रहने कार्यक्रम रहेको छ। विश्वविद्यालयको कार्यक्रममा सहभागी हुनुका साथै केही राजनीतिक भेटवार्ता समेत गर्ने तयारी गरिएको स्रोतको दाबी छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka