Premier Cables
Premier Steel

राजनीति राष्ट्रिय

शेखरलाई कांग्रेसका सात नेताको ‘काउन्टर’ : चाक्सीबारीमा के भयो छलफल ?

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन ०५, २०८२  | राती ९:५० बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाको बढ्दो सक्रियतासँगै सभापति शेरबहादुर देउवा निकट सातजना वरिष्ठ नेताहरूले सोमबार चाक्सीबारीमा बैठक गरेका छन्।

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको निजी निवासमा बसेको बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारको कामकाज र संविधान संशोधनको विषयमा छलफल भएको हो।

बिज्ञापन

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सरकारले जनताको हितमा अझ प्रभावकारी ढंगले काम गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको जानकारी दिए। उनले कांग्रेस–एमाले गठबन्धन आगामी २०८४ सालसम्म कायम रहने दाबी समेत गरे।

नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई बैठकका निष्कर्षबारे जानकारी गराउने बताएका छन्। गठबन्धनको भावना अनुसार सरकार जनमुखी काममा थप क्रियाशील हुनुपर्ने बैठकको धारणा रहेको उनले बताए।

बैठकमा संविधान कार्यान्वयनको समीक्षा र संशोधन प्रक्रिया लामो समयदेखि अलपत्र रहेकोप्रति पनि चासो व्यक्त गरिएको थियो। देउवा–ओली सहमतिको आधारमा बनेको सरकारलाई संविधान संशोधन अघि बढाउनुपर्ने माग पनि नेताहरूले उठाएका छन्।

संविधान संशोधनका लागि संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउने गरी देशव्यापी बहस र छलफल आवश्यक रहेकोमा बैठकमा जोड दिइएको सिंहले जानकारी दिए।

बैठकमा शेखर कोइरालाले दलको नेतृत्त्व फेर्ने र आफैं प्रधानमन्त्री बन्ने गरी चलाएको अभियानबारे पनि छलफल भएको स्रोतले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka