Premier Cables
Premier Steel

राजनीति

शेखर गुट देउवातिर नजाने, रुख चिन्हबाटै चुनाव लड्ने

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, माघ ०३, २०८२  | साँझ ७:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले अबदेखि निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आयोजना गर्ने बैठकमा सहभागी नहुने निर्णय गरेको छ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएपछि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यालय सानेपामा बोलाएको बैठकमा सहभागी भए पनि नेता कोइरालासहित उनका निकट केन्द्रीय सदस्यहरूले भविष्यमा यस्ता छलफलमा नबस्ने जानकारी गराएका हुन्।

बिज्ञापन

सानेपाको बैठकअघि कोइरालाले विशालनगरस्थित सम्पर्क कार्यालयमा आफ्ना निकट नेताहरूसँग छलफल गरेका थिए। उक्त छलफलमा पार्टीलाई एकताबद्ध राख्दै आगामी निर्वाचनमा सहभागी हुनुपर्ने निष्कर्ष निकालिएको थियो। यही धारणा कोइरालाले विघटित केन्द्रीय समिति बैठकमा पनि स्पष्ट रूपमा राखेका थिए।

बैठकमा कोइरालाले निर्वाचन आयोगको निर्णयलाई ध्यानमा राख्दै सडक आन्दोलनतिर नजान आग्रह गरेका थिए। निवर्तमान केन्द्रीय सदस्य गोविन्दराज पोखरेलका अनुसार कोइरालाले अदालत जाने विकल्प खुला रहे पनि आन्दोलनभन्दा निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए। उनले माघ ११ को राष्ट्रिय सभा र फागुन २१ को प्रतिनिधि सभा निर्वाचन सफल बनाउनुपर्ने विषय पनि उठाएका थिए।

कोइरालाको धारणा राखिएपछि बैठकले अदालत जाने निर्णय मात्रै गरेको पोखरेलले बताए। तर बैठकमा सहभागी भए पनि कोइरालासहित उनका पक्षका अधिकांश केन्द्रीय सदस्यले निर्णय तथा उपस्थितिको पुस्तिकामा हस्ताक्षर गरेका थिएनन्। “हामी केन्द्रीय सदस्य हैनौं भन्ने मान्यताका साथ हस्ताक्षर गरेनौं,” पोखरेलले भने।

उनका अनुसार कोइरालानिकट धेरै विघटित केन्द्रीय सदस्यहरूले अबदेखि देउवा समूहले राख्ने यस्ता छलफलमा सहभागी नहुने अडान लिएका छन्। यद्यपि, केही नेताहरू भने अदालतको निर्णय नआएसम्म छलफल जारी राख्नुपर्ने मतमा छन्।

कोइराला समूहभित्र कानुनी विषय अदालतलाई सुम्पेर निर्वाचनमा जानुपर्ने धारणा बलियो देखिए पनि विचारमा विविधता रहेको पोखरेलले बताए। उता, देउवा पक्षका नेताहरू निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक लडाइँ दुवै लड्नुपर्ने पक्षमा छन्, जसमा केहीले सडक आन्दोलनको कुरा पनि उठाएका छन्।

तर नेता कोइरालाले चुनाव लड्ने वा नलड्ने निर्णय व्यक्तिगत स्वतन्त्रताको विषय हुनुपर्ने बताएका छन्। उनका अनुसार केही नेताहरू निर्वाचन बहिष्कारको पक्षमा छन् भने केही अदालतको निर्णयपछि मात्रै निष्कर्ष निकाल्नुपर्ने मतमा छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka