Premier Cables
Premier Steel

चलचित्र मनोरञ्जन विराटनगर समाचार

इटहरीमा नेपथ्यको कन्सर्टको तयारी पूरा, टिकट सोल्ड आउट

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक १६, २०८३  | अपराह्न २:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

इटहरी । नेपाली संगीत क्षेत्रमा वर्षौंदेखि लोकप्रिय रहेको नेपथ्य ब्याण्डको इटहरी कन्सर्टको तयारी पूरा भएको छ। कात्तिक १८ गते इटहरी उपमहानगरपालिका–स्थित इटहरी रंगशालामा आयोजना हुने कन्सर्टका अधिकांश टिकट बिक्री भइसकेका छन्।

पूर्वाञ्चल इभेन्ट्स प्रालिले आइतबार पत्रकार सम्मेलन गरी कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। आयोजकका अनुसार केही टिकट अनलाइनमा उपलब्ध रहे पनि अन्य सबै टिकट सोल्ड आउट भइसकेका छन्।

विज्ञापन

कन्सर्टमा नेपथ्य ब्याण्डका प्रमुख गायक अमृत गुरुङसहित ब्याण्डका सदस्यहरूको प्रस्तुति रहनेछ।
पूर्वाञ्चल इभेन्ट्स प्रालिका प्रबन्ध निर्देशक कुलबहादुर कार्कीले इटहरीमा ठूलो सांगीतिक कार्यक्रम आयोजना गर्ने आफ्नो लामो समयदेखिको चाहना पूरा हुन लागेको भन्दै खुसी व्यक्त गरे। उनले कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन आवश्यक सबै तयारी पूरा गरिएको जानकारी दिए।

आयोजकका अनुसार कार्यक्रम साँझ ४ बजेदेखि सुरु हुनेछ। साँझ ४ देखि ६ बजेसम्म दर्शकलाई मनोरञ्जन प्रदान गर्न विभिन्न सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति रहनेछन्। त्यसपछि साँझ ६ बजेदेखि नेपथ्य ब्याण्डको मुख्य प्रस्तुति सुरु हुनेछ।
दर्शकको सुरक्षा र व्यवस्थापनलाई मध्यनजर गर्दै राति ८ बजे कार्यक्रम समापन गरिने आयोजकले जनाएको छ।

नेपथ्यको लोकप्रियता र दर्शकको उत्साहका कारण कन्सर्टका अधिकांश टिकट बिक्री भइसकेको आयोजकको भनाइ छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka