Premier Cables
Premier Steel

राजनीति

निर्वाचन आयोगमा अद्यावधिक भयो गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक १६, २०८३  | साँझ ४:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगमा अद्यावधिक गरिएको छ ।

प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा कांग्रेस महामन्त्री प्रदीप पौडेलले आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई केन्द्रीय कार्यसमितिको विवरण बुझाएका हुन् ।

विज्ञापन

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार कार्यसमितिको विवरण अद्यावधिकका लागि आयोगमा पेस गरिएको हो ।

महामन्त्री पौडेलले कार्यसमितिको विवरणसँगै पार्टीको विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, समसामयिक राजनीतिक दस्तावेज तथा महाधिवेशनका निर्णयसमेत निर्वाचन आयोगलाई बुझाएका छन् ।

आयोगमा विवरण पेस भएसँगै गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई आधिकारिक रूपमा अद्यावधिक गर्ने प्रक्रिया अघि बढेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka