Premier Cables
Premier Steel

खेलकुद

चितवनले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य, अर्धशतकबाट एक रनले चुके बोपारा

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक १६, २०८३  | साँझ ७:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत सोमबारको खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्ससामु १३० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमविरुद्ध चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको हो ।

विज्ञापन

चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रन बनाए । उनले ४० बलको सामना गर्दै २ छक्का र ३ चौका प्रहार गरे । अर्धशतक बनाउन एक रन मात्रै बाँकी रहँदा उनलाई स्कट कुग्लेइनले आउट गरे ।

बोपाराले एक छेउबाट इनिङ्स सम्हाले पनि अर्को छेउबाट अपेक्षित साथ पाउन सकेनन् । सुदूरपश्चिमका बलर स्कट कुग्लेइनले २ विकेट लिए भने हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले समान १ विकेट हात पारे ।

चितवनलाई ठूलो साझेदारी गर्नबाट रोकेको सुदूरपश्चिमले अब जितका लागि १३० रन पछ्याउनेछ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka