Premier Cables
Premier Steel

विज्ञान र प्रविधि

सरकारले दिएको समय सकियो, दर्ता हुन आएन फेसबुक

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र १९, २०८२  | बिहान १०:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सरकारद्वारा सामाजिक सञ्जाल कम्पनीहरूलाई दर्ता गर्न दिएको समयसीमा सकिएपछि समेत कुनै पनि कम्पनी दर्ताका लागि नआएको छ। फेसबुकको मातृ कम्पनी मेटासहितका सामाजिक सञ्जालहरूले तोकिएको म्यादभित्र निवेदन नदिँदा सरकारको ध्यान त्यसतर्फ गएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार बुधबार कार्यालय समय सकिँदासम्म कुनै पनि सामाजिक सञ्जालले दर्ता प्रक्रिया सुरु गरेका छैनन्। “अहिलेसम्म कोही पनि आएको छैन,” उनले भने।

बिज्ञापन

सरकारले सामाजिक सञ्जाललाई नियमन गर्न दर्ता अनिवार्य गर्दै म्याद तोकेको थियो। तर प्रमुख कम्पनीहरूको चासो नदेखिँदा अब सरकार के गर्ने भन्नेबारेमा प्रश्न उठेको छ। यसबारेमा प्रवक्ता ठाकुरले भने, “अब सरकारले केही निर्णय गर्ला।”

अबको कदमबारे सरकारको निर्णय र त्यसको कार्यान्वयन महत्वपूर्ण हुने देखिन्छ, जसले डिजिटल क्षेत्रको नियमनमा प्रभाव पार्नेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa