Premier Cables
Premier Steel

राष्ट्रिय विज्ञान र प्रविधि

नेपाली फेसबुक क्रियटरका लागि पनि ‘कन्टेन्ट मोनिटाइजेसन’

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र १४, २०८२  | अपराह्न १२:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । फेसबुक सञ्चालक कम्पनी मेटा ले नेपालका कन्टेन्ट क्रियटरका लागि ‘कन्टेन्ट मोनिटाइजेसन’ सुविधा औपचारिक रूपमा सुरु गरेको छ।

यसै सातादेखि लागू भएको यस सुविधामार्फत अब नेपाली प्रयोगकर्ताले फेसबुकमा पोस्ट गरिने कन्टेन्ट, रिल्स, स्टोरी र स्टाटसबाटै आम्दानी गर्न सक्नेछन्।

बिज्ञापन

यसअघि पनि मेटाले इन-स्ट्रिम एड्स (भिडिओमा देखिने विज्ञापन) र ‘स्टार’ जस्ता सुविधा सीमित रूपमा उपलब्ध गराउँदै आएको थियो। अहिले ती सबै सेवा ‘कन्टेन्ट मोनिटाइजेसन’ अन्तर्गत समेटिएका छन्।

सुविधा सुरु भएपछि केही प्रयोगकर्ताले नेपाली बैंक खातामै आम्दानी प्राप्त हुन थालेको दाबी गरेका छन्। तर, सबै प्रयोगकर्ताको अनुभव एउटै छैन। पेआउट सेटअप गर्दा ‘डिसेबल’ देखिने समस्या पनि देखिएको छ, जसले गर्दा कतिपयले आम्दानी भुक्तानीमा कठिनाइ भोगिरहेका छन्।

यद्यपि, यसअघि नै केही नेपाली क्रियटरले विदेशस्थित पेजमार्फत यो सुविधा प्रयोग गर्दै आएका थिए। अहिले भने नेपालकै पेज र प्रोफाइलहरूमा यो सेवा खुला हुन थालेको हो।

नेपाल सरकारले सूचीकरणमा नआएका सामाजिक सञ्जाललाई निष्क्रिय पार्ने तयारी गरिरहेकै बेला मेटाले नेपाली प्रयोगकर्तामाझ यस्तो सुविधा विस्तार गरेको हो।

यसले सरकार र सामाजिक सञ्जालबीचको सम्बन्धमा नयाँ मोड आउन सक्ने अनुमान गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa