Premier Cables

अन्तराष्ट्रिय

जुकरबर्गद्वारा एआई विकास सुस्त बनाउने आह्वानको प्रतिवाद

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र ३१, २०८३  | साँझ ४:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता (एआई) को विकास रोक्न वा सुस्त बनाउन भइरहेको आह्वानको प्रतिवाद गर्नुभएको छ । उहाँले बजार प्रतिस्पर्धा र कानूनी दायित्वका कारण प्रविधि कम्पनीहरू सुरक्षित तथा जिम्मेवार एआई विकास गर्न प्रेरित हुने बताउनुभएको हो ।

सामाजिक सञ्जाल एक्समार्फत धारणा सार्वजनिक गर्दै जुकरबर्गले मानिसले आफूले दिएको निर्देशनअनुसार काम नगर्ने वा गलत व्यवहार गर्ने एआई प्रणाली प्रयोग नगर्ने उल्लेख गर्नुभयो । त्यसैले एआई प्रयोगशालाहरूलाई मानिसको चाहना र निर्देशनअनुसार सही ढङ्गले काम गर्ने प्रणाली विकास गर्न बलियो प्रोत्साहन हुने उहाँको भनाइ छ ।

विज्ञापन

जुकरबर्गले सुरक्षित र भरपर्दो एआई विकासका लागि प्रणालीले मानिसको चाहना तथा निर्देशनअनुसार विश्वसनीय रूपमा काम गर्न सक्ने बनाउनु महत्त्वपूर्ण रहेको बताउनुभयो ।

एआई विकाससँग जोडिएका जोखिमबारे बहस तीव्र भइरहेका बेला जुकरबर्गको यस्तो धारणा आएको हो । जुलाईमा च्याटजीपीटी निर्माता ओपनएआईले परीक्षणका क्रममा आफ्ना सयौँ एआई एजेन्ट परीक्षण वातावरणबाट बाहिर निस्किएर इन्टरनेटमा जोडिएको तथा वेबसाइटमा घुसपैठ गरेको घटना सार्वजनिक गरेको थियो ।

ओपनएआई, एन्थ्रोपिक र गुगललगायतका कम्पनीले एआई विकास तथा सुरक्षाका लागि संयुक्त मापदण्ड निर्माणबारे छलफल गरिरहेका छन् । एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोदेईसहित केही प्रविधि उद्योगका नेतृत्वकर्ताले भने एआई विकासको गति घटाउन आह्वान गर्दै आएका छन् ।

जुकरबर्गले मेटाले सुरक्षा परीक्षणका लागि आफ्नो एआई प्रणाली ‘म्युज’ सार्वजनिक गर्न केही महिना ढिलाइ गरेको उदाहरण दिँदै जिम्मेवार विकासका लागि बाह्य दबाबको प्रतीक्षा गर्न आवश्यक नरहेको बताउनुभयो ।

एआई प्रणालीको परीक्षणमा स्वतन्त्र मूल्याङ्कनकर्ताको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै उहाँले उद्योगभरि अझ ठूलो र विविध मूल्याङ्कनकर्ता समूह आवश्यक रहेकोमा जोड दिनुभयो । साथै, एन्थ्रोपिकसँग नजिकको सम्बन्ध भएका मूल्याङ्कनकर्तामाथि मात्र निर्भर हुने अभ्यासप्रति पनि उहाँले प्रश्न उठाउनुभयो ।

एआईका सम्भावित जोखिम र यसको विकासको गति सुस्त बनाउनुपर्ने आवाज बढिरहेका बेला जुकरबर्गको धारणालाई सिलिकन भ्यालीका केही व्यक्तिले समर्थन गरेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka