Premier Cables
Premier Steel

राष्ट्रिय

मेयर हर्क साम्पाङलाई काठमाडौंमा मोटरसाइकल र्‍यालीले भव्य स्वागत

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र १६, २०८२  | अपराह्न ३:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं ।धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको आज काठमाडौं आगमनको अवसरमा उनका समर्थकहरूले भव्य मोटरसाइकल र्‍याली निकालेर स्वागत गरेका छन्।

साम्पाङ केही दिनको लागि भेटघाट तथा संगठन विस्तारको उद्देश्यले राजधानी आएका हुन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि सयौं समर्थकहरू मोटरसाइकलको र्‍यालीसहित उनलाई स्वागत गर्न पुगेका थिए। र्‍यालीले काठमाडौंका विभिन्न भाग परिक्रमा गर्दै उनलाई कालिकास्थानस्थित सांस्कृतिक संघ पुर्‍याएको थियो।

बिज्ञापन

सांस्कृतिक संघ परिसरमा अहिले पनि संगठन विस्तार तथा भेटघाट कार्यक्रम जारी रहेको छ। साम्पाङको आगमनले काठमाडौंमा नयाँ उर्जा र चर्चा थपेको छ। उनका समर्थकहरू उनीप्रति उत्साहित देखिन्छन्, भने उनी आफैं पनि संगठन विस्तार तथा आम जनसंवादमार्फत आगामी योजना प्रस्तुत गर्ने तयारीमा छन्।

साम्पाङ विगतदेखि नै आफ्ना फरक धारणा, सामाजिक मुद्दामा सक्रियता, र जनसंवेदनशीलतालाई लिएर चर्चामा रहँदै आएका नेता हुन्। काठमाडौंमा उनको यो आगमनलाई केहीले भावी राजनीतिक तयारीको संकेतका रूपमा समेत हेरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka