Premier Cables
Premier Steel

समाचार

प्रधानमन्त्रीको भनाई सदनबाट हटाउन हर्क साम्पाङको माग

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ २८, २०८३  | बिहान ११:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले जेठ १७ गते प्रतिनिधिसभामा दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरेका छन्।

बिहीबार (जेठ २८) प्रतिनिधिसभा बैठक सुरु हुनासाथ समय लिएर बोल्दै साम्पाङले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनुपर्ने बताएका हुन्।

बिज्ञापन

उनले प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो भनाइ सच्याउनुपर्ने माग गर्दै उक्त अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउन आग्रह गरे।

“प्रधानमन्त्रीज्यूबाट बोलिएको कुरालाई संसद्को रेकर्डबाट हटाउनुपर्छ । प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो बोली सच्याउनुपर्छ,” साम्पाङले भने।

प्रतिनिधिसभा नियमावलीको बेवास्ता भएको उल्लेख गर्दै उनले संसद्को कार्य सञ्चालनका क्रममा नियमहरूको पूर्ण पालना गर्न सभामुख तथा सम्बन्धित पक्षको ध्यानाकर्षण गराए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka