Premier Cables
Premier Steel

कोशी प्रदेश

हच्किए हर्क साम्पाङ : बन्ने भयाे प्रहरी चौकी

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार १६, २०८२  | राती ९:२८ बजे
Hamro Biratnagar Headlines

धरान । धरान उपमहानगरपालिका–१६ स्थित प्रहरी चौकी भवन निर्माण कार्य अब पुनः सुरु हुने भएको छ। लामो समयदेखि मेयर हर्क साम्पाङको विरोधका कारण रोकिएको निर्माण कार्य स्थानीयको चर्को दबाबपछि फेरि अघि बढ्नेछ।

नौलो बस्तीमा निर्माणाधीन प्रहरी चौकीको काम रोक्न मेयर साम्पाङ आफ्ना समर्थकसहित घटनास्थलमा पुगेपछि स्थानीयले घेराउ गर्दै चौकी निर्माणमा सहमति गराएका थिए। स्थिति केहीबेर तनावपूर्ण बनेको थियो। स्थानीय आक्रोशित भीडले मेयरलाई घेराउसमेत गरेपछि छलफलमार्फत सहमति जुटाइएको हो।

बिज्ञापन

धरानका उपप्रमुख आइन्द्र विक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत अम्बिका चौलागाईं, धरान–१६ का वडाध्यक्ष मुरारी भट्टराई, १५ का अध्यक्ष नरेश ईवराम, १८ का अध्यक्ष नरेन्द्र राईसहित स्थानीय सरोकारवालाबीच छलफल भएपछि चौकी निर्माण नरोक्ने निर्णय गरिएको हो।

मेयर साम्पाङले छलफलपछि स्थानीयलाई सम्बोधन गर्दै अब प्रहरी चौकी बन्नेमा कुनै अवरोध नहुने बताए। उनले प्रहरी चौकी र नजिकैको बहुभाषिक विद्यालयको सीमा छुट्याएर पर्खाल लगाइने र चौकी सोही स्थानमा निर्माण हुने स्पष्ट गरे।

मेयर साम्पाङले आगामी आर्थिक वर्षमा मेयर कोषबाट प्रहरी चौकी निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन गर्ने प्रतिवद्धता जनाए।

उपप्रमुख बेघाले आजको घटनालाई विधि र विधिको जीतको रूपमा व्याख्या गर्दै धरान संस्थागत रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे। वडा अध्यक्ष मुरारी भट्टराईले नगर प्रमुखले अब लचकता देखाएको भन्दै ढिलासुस्ती नहुने आशा व्यक्त गरे।

यसअघि मेयर साम्पाङले सामाजिक सञ्जालमा ‘प्रहरी कट्टु सुकाउँछन्’ भन्दै चौकीको विरोध गर्दै स्ट्याटस लेखेका थिए। उनले कोशी प्रदेश सरकारलाई चौकी निर्माण स्थगन गर्न पत्रसमेत पठाएका थिए।

गत बिहीबार राति साम्पाङ समूहले चौकी निर्माणस्थलमा तालाबन्दी गरे पनि शुक्रबार बिहान वडा अध्यक्ष भट्टराईले स्थानीयको साथमा ताल्चा फोड्दै काम सुरु गराएका थिए। चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट विनियोजित ८ लाख रुपैयाँको बजेटबाट भवन निर्माण कार्य सुरु गरिएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka