Premier Cables
Premier Steel

शेयर बजार

नेप्सेमा दोहोरो अंकको सुधार

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र १६, २०८२  | अपराह्न ३:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.४३ प्रतिशत अर्थात १२.०३ अंकले बढेर २ हजार ७६१.८६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७९ प्रतिशतले बढेर ४७६.३८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२६ वटा स्क्रिप्टको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता सेयर ५ अर्ब १० करोड ५७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

बिज्ञापन

अघिल्लो दिन भने ६ अर्ब ६ करोडबराबरको सेयर कारोबार भएको थियो ।

आजको बजारबारे बजार जानकार अजय सिंह थापा(जयशम्भु) भन्छन्, ‘पछिल्लो समय विभिन्न कारणले बजार बढ्न सकेको छैन । कम्पनीहरुको लाभांश क्षमता ५–७ प्रतिशतभन्दा धेरै नुहुन, कर्जा परिचालन हुन नसक्नु र सेयर कर्जा लिएकाहरुलाई समेत फाइदा नभएका कारण बजार घटिरहेको छ ।’

यद्यपी प्राविधिक रुपमा बजारले ‘बी’ वेभ बनाउन २८४० विन्दुसम्म जान सक्ने उनले बताए ।

नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले लगानीकर्ताको मनोबल बढ्न नसकेका कारण बजारले अपेक्षा अनुरुप गति लिन नसकेको बताए । तर आज भोल्युम ड्राई भएका कारण बजार घट्न रोकिएको उनले बताए ।

उनले यसपालीको दशैंमा भने बजार बढ्ने दाबी गरे ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज बैंकिङ समूह सर्वाधिक बढ्यो। यो समूह आज १.६२ प्रतिशतले बढ्यो।

यस्तै आज विकास बैंक समूह ०.७५ प्रतिशत, फाइनान्स ०.१९, होटल ०.६३, हाईड्रो ०.०१, लगानी ०.१७, जीवन बीमा ०.१२,उत्पादन तथा प्रशोधन ०.३८, लघुवित्त ०.१९ र निर्जीवन बीमा समूह ०.४२ प्रतिशतले बढ्यो ।

अन्य र व्यापार समूह मात्रै आज घटे । यी समूहहरु क्रमशः ०.०२ र १.१५ प्रतिशतले घटे ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka