Premier Cables
Premier Steel

शेयर बजार

२८ सय अंक तल नेप्से, कारोबार रकम बढ्यो

Calendar बिहिबार, भाद्र १२, २०८२  | अपराह्न ३:५४ बजे

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १.३५ प्रतिशत अर्थात ३७.१० अंकले घटेर २ हजार ७८२ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.१८ प्रतिशतले घटेर ४७७.६९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता सेयर ८ अर्ब ९ करोड ५६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

बिज्ञापन

आजको बजारबारे बजार जानकार सरोज भट्टराई भन्छन्, ‘बजारमा बिस्तारै चावपर्वको प्रभाव देखिन थालेको छ । साना लगानीकर्ताहरुले लामो समय सेयर होल्ड गर्न नसक्दा र साँवा मात्रै भएपनि निकालेर बजारबाट बाहिरिदा त्यसको प्रभाव बजारमा परेको हो ।’

उनले दशैं–तिहारसम्म बजार साइडवेज नै चल्न सक्ने आँकलन गरे ।

अर्का बजार जानकार यज्ञ घिमिरेले पनि लगानीकर्ताको मनोबल कमजोर बन्नु, छाटो समयमा नाफा बुक गर्नु, बजारमा नयाँ पैसा नआउनु र बैंकलाई लगानी गर्न नदिनु जस्ता कारणले बजार घटेको बताए ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । आज म्युचुअल फण्ड समूह मात्रै बढ्यो । यो समूह आज ०.१९ प्रतिशतले बढ्यो ।

विकास बैंक समूह आज सर्वाधिक अर्थात २.४३ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.८६ प्रतिशत, फाइनान्स १.८३, होटल १.६८, हाईड्रो १.४३, लगानी १.५५, जीवन बीमा १.५४, उत्पादन तथा प्रशोधन १.७१, लघुवित्त १.३९, निर्जीवन बीमा ०.०७, अन्य १.७१ र व्यापार समूह ०.६८ प्रतिशतले घट्यो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka