Premier Cables
Premier Steel

कोशी प्रदेश

शेयर बजार घट्यो

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ ०७, २०८३  | अपराह्न ३:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । अघिल्लो दिन बढेको सेयरबजार आज घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.४४ प्रतिशत अर्थात १२.३६ अंकले घटेर २ हजार ७४२.११ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३३ प्रतिशतले बढेर ४६९.४८ विन्दुमा झरेको छ।

आज नेप्सेमा सूचीकृत ३४८ वटा स्क्रिप्टका ८९ लाख ५५ हजार ५४५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ८९ करोड ८४ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ३ अर्ब ८२ करोड ८ लाख बढीको सेयर कारोबार भएको थियो ।

बिज्ञापन

आजको बजारबारे बजार जानकार अजयसिंह थापा (जय शम्भु) भन्छन्, ‘जबसम्म बजारमा भोल्युम आउँदैन तबसम्म बजार बढ्न सम्भव रहँदैन। अहिले लगानीकर्ताहरू अन्योल अवस्थामा छन्। सरकारले गरेको सम्पत्ति शुद्धिकरण छानबिनका कारणले बजार को भोल्युम घटाएको हो ।

बजार बढ्नका लागि कम्तीमा पनि १० अर्ब रुपैयाँ माथिको कारोबार हुन जरुरी छ। नेपाल राष्ट्र बैंकलाई अहिले ‘ग्रे लिस्ट’ मा कडाई गर्न बाध्य अवस्था छ, यसकारण बजार थप घट्न पुगेको छ । साथी अहिले बजार बढ्ने सिजन भएतापनि लगानी गर्ने व्यक्तिमा कन्फिडेन्स नभएका कारण बजार बढ्न सकेको छैन ।

उनले थपे, ‘जुन कुनै सेक्टरमा लगानी गर्ने वातावरण उचित नहुँदा अहिले घरजग्गा कारोबार समेत सुस्त भइरहेको छ। बजार अब तत्कालै बढ्ने अवस्थामा पनि छैन। केही समयसम्म साइडवेजमै चल्ने देखिन्छ । लगानीकर्ताहरूलाई ठूलो कारोबार गर्दा अहिले बैंकबाट समेत फोन आउने गरेको छ, यस्तो अवस्थामा लगानीका सबै सेक्टरहरू सुस्त गतिमा चल्ने देखिन्छ । बजार अब यो भन्दा तल पनि जाँदैन र माथि उक्लिन पनि तत्काल सम्भव छैन।’

आज कारोबारमा आएका १३ वटै समूहमध्ये अन्य सबैमा रातो पोतियो । आज म्युचुअल फण्ड समूह मात्रै बढ्यो । यो समूह आज ०.१४ प्रतिशतले बढ्यो । व्यापार समूह आज अपरिवर्ति रह्यो । होटल समूह आज सर्वाधिक अर्थात ०.८६ प्रतिशतले घट्यो ।

यस्तै, बैंकिङ समूह ०.५७ प्रतिशत, विकास बैंक ०.३१, फाइनान्स ०.२१, फाइनान्स ०.२१, हाईड्रो ०.६८, लगानी ०.३३, जीवन बीमा ०.१०, उत्पादन तथा प्रशोधन ०.२६, लघुवित्त ०.५०, निर्जीवन बीमा ०.४२ र अन्य समूह ०.३१ प्रतिशतले घट्यो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka