Premier Cables
Premier Steel

कोशी प्रदेश

करम पर्व बिदाले खुसी भए उराँव, कार्यकक्षमै मुख्यमन्त्रीलाई सम्मान

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र १५, २०८२  | साँझ ६:४१ बजे
Hamro Biratnagar Headlines

विराटनगर । आइतबार झाँगड उराँव समुदायका अगुवाहरू आफ्नै पोसाकमा कोशी प्रदेशको मुख्यमन्त्री कार्यालय प्रवेश गरे ।
यसको नेतृत्व युवा मोर्चाका अध्यक्ष देवनारायण उराँवले गरेका थिए । उनीसँग अन्य प्रतिनिधिहरू पनि थिए । उराँवले मनाउने करम पूजा पर्वमा सार्वजनिक बिदा दिएकामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई उनीहरूले सम्मान गरे ।

गत वर्षदेखि कोशी प्रदेश सरकारले झाँगड उराँव समुदायका लागि मात्र लागू हुने गरी करम पूजाको दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि समुदायमा खुसीको वातावरण छाएको छ। समुदायका अगुवा छेबीलाल उराँवले यस निर्णयले समुदायलाई आत्मसम्मान र पहिचानको भावना प्रदान गरेको बताए । भने,”हामी पछि परेको समुदायलाई पनि सरकारले हेरेकोमा निकै खुसी छौं ।”

बिज्ञापन

आइतबार नेपाल झाँगड उराँव युवा मोर्चाका प्रतिनिधिहरूले मुख्यमन्त्री कार्यालयमा पुगेर मुख्यमन्त्री कार्कीलाई सम्मानपत्र प्रदान गर्दै कृतज्ञता व्यक्त गरेका हुन्।

करम पूजा पर्व भाद्र महिनाको अनन्त चतुर्दशी वा पूर्णिमाका दिन मनाइन्छ। झाँगड उराँव जाति लोपोन्मुख समुदाय हो, जसको मुख्य बसोबास मोरङ, सुनसरी र झापा जिल्लामा छ।

२०७८ सालको जनगणना अनुसार नेपालमा झाँगड उराँव समुदायका करिब ४१ हजार नागरिक रहेका छन्।

सम्मान ग्रहण गर्दै मुख्यमन्त्री कार्कीले समुदायको भाषा, संस्कृति र परम्परागत पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।‌उनले प्रदेश सरकार जनताको नजिकैको सरकार भएको पनि बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka