Premier Cables
Premier Steel

कोशी प्रदेश

बजेट खर्च बढाउन मुख्यमन्त्री कार्कीको निर्देशन

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, माघ १९, २०८२  | साँझ ५:४२ बजे
Hamro Biratnagar Headlines

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट न्यून प्रगतिलाई बढाउने गरी काम गर्नको लागि निर्देशन दिएका छन्।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीले आयोजना गरेको प्रदेश मन्त्रालय स्तरीय विकास समस्या समिति को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले बजेट प्रगति न्यून भएकाले अन द स्पोर्ट कार्यालयमा नै गएर छलफल गरी कार्य प्रगति बढाउन निर्देशन दिए

मुख्यमन्त्री कार्कीले दुई तीन वर्षदेखि निरन्तर बजेट राखिने तर त्यो कार्यान्वयन नहुने अवस्था भएमा तत्कालै हटाउन पनि निर्देशन दिए ।

बिज्ञापन

उनले भने,” एउटै काम पनि घनचक्कर, जस्तो घुमिरहने तर प्रगति नहुने अवस्थाको अब अन्त हुनुपर्छ।” उनले मन्त्रालयभित्रकै कमीकमजोरीहरूलाई चाँडोभन्दा चाँडो हटाएर कामलाई द्रुत गतिमा अगाडि बढाउन आग्रह गरे ।

कर्मचारी राजनीतिज्ञ र स्थानीय तहले समस्यालाई ठिक ढंगले बुझ्न नसक्दा पनि समस्या भएको चर्चा गर्दै यी सबै क्षेत्रले आफ्नो अधिकार र कामलाई बुझेर अगाडि बढ्न सके प्रगति हुने उनले दाबी गरे । प्रदेशलाई केन्द्रले पनि सहयोग नगरिरहेको बताए ।

भने”, कुनै पनि विषयमा प्रदेशमा पटकपटक छलफल हुन्छ र त्यो विषय केन्द्रमा पनि छलफल गरिन्छ हुन्छ भन्नुहुन्छ तर हुँदैन यसले पनि काम गर्न गाह्रो भइरहेको छ।

यातायातको अधिकार प्रदेशमा छ तर यहाँको यातायातबाट उठेको जरिमाना केन्द्र सरकारले लैजान्छ।” २०७५ सालदेखि यही कुरा उठाइरहेको तर केन्द्रले सुन्दै नसुनेको बताए ।

लाइसेन्स छपाईको अधिकार पनि प्रदेशमा रहेको तर केन्द्रले त्यसलाई पनि सहज रुपले हस्तान्तरण नगरेको सुनाए ।

यस कारण पनि समस्या रहेको मुख्यमन्त्री कार्कीले बताए
‌बैठकमा कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र पौडेलले ऐन कानुन संशोधन र पुनर्निर्माण र सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्ने बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka