Premier Cables

समाचार

पत्रकार महिलाको क्षमता बढाउन प्रदेश सरकार तयार छ : मुख्यमन्त्री कार्की

Calendar बुधबार, साउन २१, २०८२  | अपराह्न २:१९ बजे

विराटनगर। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकार पत्रकार महिलाहरूको क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको बताएका छन् । पत्रकारितामा महिलाहरूलाई अगाडि बढाउन आवश्यक रहेको उनको जोड छ ।

बुधबार सञ्चारिका समूहका केन्द्रीय तथा प्रदेशका पदाधिकारीहरूले बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आफ्नो स्रोत साधनले भ्याएसम्म पत्रकार महिलाहरूको हितमा काम गर्ने जनाए ।

बिज्ञापन

प्रदेश सरकारले कानुनमार्फत बनाउन लागेको पत्रकारिता प्रतिष्ठानले पनि पत्रकारको हितमा काम गर्ने सोचाई रहेको सुनाए ।

लैङ्गिकमैत्री कानुन बनाउन र महिलाहरूलाई सञ्चार क्षेत्रमा प्राथमिकता दिएर काम गर्न आफ्नो तर्फबाट सक्दो पहल र प्रयत्न हुने विश्वास दिलाए । प्रदेश सरकार‌ सञ्चारिका समूहलाई सहयोग गर्न तयार रहेको पनि बताए ।

संचारिका समूहकी महासचिव राधा खनालले पत्रकार महिलाहरूका विविध विषय समेटेर ज्ञापनपत्र बुझाइन । त्यस अवसरमा संचारिका समूहका प्रदेशस्थित पदाधिकारी पनि सहभागी थिए ।

Biratnagar News Channel

Hamrobiratnagar

Biratnagar News Channel

Hamrobiratnagar

*** समाप्त ***
Bagmati
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka