Premier Cables
Premier Steel

मौसम

कोशी प्रदेशका केही भू-भागहरूमा भारी वर्षाको सम्भावना

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र १३, २०८२  | बिहान ७:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेका कारण देशभर बदली भएको छ । आज कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भूभागहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण देशभरि आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको हो । साथै देशका अधिकांश भूभागमा वर्षा भइरहेको महाशाखाले जनाएको छ।

विज्ञापन

कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा पनि भएको छ। आज दिउँसो देशभरि नै बदली हुने पूर्वानुमान छ। साथै सातै प्रदेशका अधिकांश पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भवना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशैभरि आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ। राति कोशी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भोलि शनिवारका लागे भने मौसम केही सुधार हुने सम्भावना रहेको छ । भोलि हल्कादेखि मध्यम वर्षा भएपनि भारी वर्षा नहुने महाशाखाले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

कोशीको आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड, विराटनगरका उद्योगीले सुनाए समस्या

Clock Iconआइतबार, मंसिर १३, २०८३

कोशीमा निजी क्षेत्रसँग आर्थिक संवाद गर्न रास्वपा महामन्त्रीसहितका नेता विराटनगरमा

Clock Iconआइतबार, मंसिर १३, २०८३

अयोध्या-जनकपुर रेलसेवाले पर्यटनको नयाँ ढोका खोल्यो, पर्यटक टिकाइराख्नु मुख्य चुनौती

Clock Iconआइतबार, मंसिर १३, २०८३

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka