Premier Cables

मौसम

आज पनि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज ११, २०८३  | बिहान १०:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपालमा मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव कायमै रहेकाले आइतबार देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ । देशभर अधिकांश स्थानमा बादल लागेको छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही र थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विज्ञापन

आइतबार दिउँसो गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै मधेस र वाग्मती प्रदेशका तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने पनि महाशाखाले जनाएको छ ।

आइतबार राति कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना छ ।

सोमबारदेखि वर्षाको गतिविधि केही घट्ने देखिएको छ । सोमबार दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा र तराईका एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्नेछ ।

मंगलबार पनि हिमाली तथा पहाडी भू–भागमा आंशिक बदलीसहित एक–दुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहे पनि तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka