Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

हाइपरसोनिक मिसाइलमा चीनको प्रगति, अमेरिकासहित विश्व शक्तिहरू सतर्क

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र १२, २०८२  | अपराह्न ३:३० बजे
Hamro Biratnagar Headlines

काठमाडौं । सन् २०१९ को अक्टोबर १ मा चीनको राजधानी बेइजिङमा आयोजित राष्ट्रिय परेड दिवसमा पीपल्स लिबरेशन आर्मी (PLA) का अत्याधुनिक हतियारहरू सार्वजनिक गरिए। परेडमा देखाइएका ११ मिटर लामो र १५ टन वजनका ‘DF-17’ हाइपरसोनिक मिसाइलहरू विश्वको ध्यानको केन्द्र बने।

यी डोङफेङ मिसाइलहरू ध्वनिको गतिभन्दा पाँच गुना तीव्र गतिको हतियार हुन्, जसले रफ्तारका साथै मार्ग परिवर्तन क्षमताका कारण युद्धको स्वरूप नै बदल्न सक्ने अनुमान गरिएको छ। चीन यस प्रविधिमा तीव्र गतिमा अगाडि बढिरहेको छ, जसका कारण अन्तर्राष्ट्रिय सुरक्षा परिदृश्यमा तनाव र प्रतिस्पर्धा बढेको देखिन्छ।

बिज्ञापन

काउन्सिल अन जियोस्ट्र्याटेजी थिंक ट्याङ्कका राष्ट्रिय सुरक्षा फेलो विलियम फ्रीर भन्छन्, “यो प्रतिस्पर्धा शीतयुद्धपछिको नयाँ सुरक्षा चिन्ताको संकेत हो।” उनका अनुसार चीन र रुसले धेरै अघिदेखि हाइपरसोनिक प्रविधिमा ठूलो लगानी गरेका थिए, जसको प्रतिफल अहिले देखिँदैछ।

हाल चीन यस क्षेत्रमा सबैभन्दा अगाडि छ भने रूस दोस्रो स्थानमा रहेको छ। अमेरिका पछाडि परे पनि तीव्र रूपमा अगाडि बढ्न प्रयासरत छ। बेलायतसँग हालसम्म यस्ता क्षमताहरू छैनन्।

अन्य देशहरू पनि दौडमा

इसरायल सन् २०२३ मा हाइपरसोनिक क्षेप्यास्त्र Arrow-3 को विकास गरिसकेको छ। ईरान ले पनि हाइपरसोनिक क्षेप्यास्त्र भएको दाबी गरेको छ, यद्यपि प्राविधिक रूपमा त्यसलाई शुद्ध हाइपरसोनिक भन्न मिल्दैन।

उत्तर कोरिया सन् २०२१ देखि हाइपरसोनिक हतियार विकासमा लागेको छ र परीक्षण पनि गरिरहेको दाबी गर्दछ। यसबाहेक, फ्रान्स, जापान, अमेरिका र बेलायत जस्ता देशहरूले पनि हाइपरसोनिक प्रविधिमा लगानी बढाइरहेका छन्।

पछाडि परेका पश्चिमी देशहरू

सुरक्षा विज्ञहरूका अनुसार पश्चिमी मुलुकहरूले विगत दुई दशक आतंकवाद र उग्रवादविरुद्धको अभियानमा केन्द्रित हुँदा चीन र रूसले दीर्घकालीन रक्षा रणनीतिमा ध्यान दिएको देखिन्छ। अब भने पश्चिमी मुलुकहरू पनि हतियार प्रविधिको भविष्य बुझ्दै हाइपरसोनिक क्षमतामा लगानी गर्न थालेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka