Premier Cables
Premier Steel

खेलकुद

मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनाको विश्वकपमा विजयी सुरुवात

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ०३, २०८३  | बिहान ९:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । कप्तान लियोनल मेस्सीको शानदार ह्याट्रिक प्रेरणामा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ ।

अमेरिकाको कान्सास सिटीस्थित रंगशालामा बुधबार बिहान भएको समूह चरणको खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलले पराजित गरेको हो ।

बिज्ञापन

छैटौं पटक विश्वकप खेल्दै कीर्तिमान बनाएका मेस्सीले प्रतियोगिताको इतिहासमा पहिलो पटक ह्याट्रिक पूरा गरे । उनले खेलको १७औं, ६०औं र ७६औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे ।

खेलको सुरुवातमै मेस्सीले गोल गरे पनि अफसाइडका कारण त्यसले मान्यता पाएन । यस्तै अल्जेरियाले गरेको एक गोल पनि अफसाइडका कारण रद्द भएको थियो ।

यो ह्याट्रिकसँगै मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानमा जर्मनीका मिरोस्लाभ क्लोजसँग बराबरी गरेका छन् । मेस्सीले विश्वकपमा १६ गोल पूरा गर्दै क्लोजको कीर्तिमान बराबरी गरेका हुन् ।

मेस्सीले विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडीको कीर्तिमानसमेत बनाएका छन् । यसअघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ३३ वर्ष १३० दिनको उमेरमा ह्याट्रिक गरेका थिए । अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दा मेस्सीको उमेर ३८ वर्ष ३५७ दिन थियो ।

सन् २००६ मा विश्वकपमा डेब्यु गरेका मेस्सीले अल्जेरियाविरुद्ध खेल्दै छैटौं विश्वकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् । उनले सन् २०१० को विश्वकपबाहेक अन्य पाँच संस्करणमा गोल गरेका छन् ।

मेस्सीले लगातार पाँच विश्वकपमा असिस्ट गर्ने कीर्तिमानसमेत बनाएका छन् । सन् २०२२ को कतार विश्वकपमा आफ्नै कप्तानीमा अर्जेन्टिनालाई उपाधि दिलाएका मेस्सी यसपटक पनि टोलीको नेतृत्व गरिरहेका छन् ।

विश्वकपमा सर्वाधिक खेल खेल्ने कीर्तिमान पनि मेस्सीकै नाममा छ । अल्जेरियाविरुद्धको खेलसँगै उनको विश्वकप खेल संख्या २७ पुगेको छ ।

यो जितसँगै अर्जेन्टिनाले समूह ‘जे’ मा ३ अंक जोड्दै शीर्ष स्थानमा स्थान बनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa