Premier Cables

राजनीति

एमालेमा नेतृत्व परिवर्तनको बहस झन् चर्कियो, के ओलीले सजिलै छाड्लान ?

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ०३, २०८३  | बिहान १०:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेकपा एमालेभित्र पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको बहस तीव्र बनेको छ । पार्टी निर्वाचन विभाग प्रमुख डा. विजय सुब्बाले सामाजिक सञ्जालमार्फत नेतृत्वप्रति असन्तुष्टि जनाउँदै असल नियतका र किनारामा परेका नेताहरूलाई नेतृत्वमा ल्याउन नसके पार्टी संकटमा पर्ने चेतावनी दिएका छन् ।

“भएकामध्येका र किनारा लगाइएका असल नियतकाहरूलाई पार्टी नेतृत्वमा नलाने हो भने पार्टीको मृत्यु पर्खौँ,” उनले लेखेका छन् । विधान महाधिवेशनदेखि विभिन्न तहका अधिवेशनमा स्पष्ट धारणा राख्दा आफूलाई पार्टीविरोधी भाषण गरेको आरोप लगाइएको उनको भनाइ छ ।

विज्ञापन

सुब्बाको अभिव्यक्तिले एमालेभित्र लामो समयदेखि रहेको असन्तुष्टि सतहमा आएको देखिएको छ । पछिल्लो संसदीय निर्वाचनमा कमजोर परिणाम आएपछि एमालेले समीक्षा र पुनर्गठनको प्रक्रिया अघि बढाएको छ ।

पार्टी पुनर्गठनका लागि गठन गरिएको कार्यदलले प्रदेश–प्रदेशमा पुगेर सुझाव संकलन गरिरहेको छ । वाग्मती प्रदेशपछि मंगलबार कोशी प्रदेशमा सुझाव लिएको कार्यदलसमक्ष नेतृत्व परिवर्तनसहित पार्टी सुधारका विषयमा आवाज उठेको नेताहरूले बताएका छन् ।

एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वबारे दुई धार देखिएको छ । केही नेताहरूले नेतृत्व परिवर्तनलाई पुनर्गठनको आधार मान्नुपर्ने बताएका छन् भने केहीले ओलीलाई मात्र दोषी ठहर गर्न नहुने धारणा राखेका छन् ।

“अध्यक्ष ओलीलाई नै हटाएर पुनर्गठन गर्नुपर्ने कुरा पनि आयो, तर ओलीबिना पार्टी चल्दैन भन्ने धारणा राख्नेहरू पनि छन्,” भेलामा सहभागी एक नेताले बताए ।

जेनजी आन्दोलनपछि ओली सत्ताबाट बाहिरिएसँगै एमालेभित्र नेतृत्व परिवर्तनको माग उठेको थियो । ओलीले भने महाधिवेशनको मिति अघि सार्दै नेतृत्वमा प्रतिस्पर्धा गर्ने बाटो रोजेका थिए । त्यसपछि विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठलगायत केही नेता असहमत भए पनि २०८२ मंसिरमा भएको महाधिवेशनमा ओलीलाई समर्थन गरेका थिए ।

त्यसको केही समयपछि भएको प्रतिनिधिसभा निर्वाचनमा एमाले २५ सिटमा सीमित भएपछि पार्टीभित्र पुनः समीक्षा सुरु भयो । ओलीसँग निकट रहेका नेताहरूबाटै असन्तुष्टि व्यक्त हुन थालेपछि नेतृत्व संकट थप गहिरिएको नेताहरू बताउँछन् ।

गत जेठ ९ गते बसेको सचिवालय बैठकमा ओलीविरुद्ध नेताहरू विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठलगायत उभिएको दाबी गरिएको छ । यद्यपि ओलीले आफूले पद नछाड्ने अडान राख्दै हटाउनुपर्ने भए विधानअनुसार प्रक्रिया अघि बढाउन चुनौती दिएका थिए ।

एमाले विधानको धारा ७३ अनुसार विशेष महाधिवेशनका लागि दुई–तिहाइ जिल्ला कमिटी वा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यले लिखित माग गर्न सक्ने व्यवस्था छ । यस्तो माग भए ६ महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने प्रावधान छ ।

ओलीको चुनौतीपछि असन्तुष्ट पक्षले बादलको नेतृत्वमा १५ सदस्यीय पुनर्गठन सुझाव कार्यदल गठन गरेको थियो । कार्यदलले असार १९ गतेसम्म प्रदेशहरूमा पुगेर सुझाव संकलन गर्ने र असार २२ गते बैठक बसेर प्रतिवेदन तयार गर्ने कार्यतालिका बनाएको छ ।

कार्यदलका सदस्य तथा पार्टी सचिव भानुभक्त ढकालले पुनर्गठन अभियान कुनै व्यक्तिलाई हटाउने उद्देश्य नभएको बताएका छन् । उनका अनुसार एमालेलाई जनतामाझ पुनः स्थापित गर्ने उद्देश्यले सुझाव संकलन भइरहेको छ ।

महासचिव शंकर पोखरेलले भने पार्टीभित्र आफूलाई जोडेर आएका सहमति र असहमतिका विषय भ्रमपूर्ण रहेको बताएका छन् । उनले कार्यदल छलफलमै रहेको र कुनै निष्कर्षमा नपुगेको दाबी गरेका छन् ।

एमालेका केही नेताहरू भने कार्यदलको प्रतिवेदनपछि पनि नेतृत्व हस्तान्तरणको विषय समाधान नभए पार्टीभित्र निर्णायक संघर्ष हुन सक्ने बताउँछन् । उनीहरूका अनुसार विधानअनुसार बहुमतको निर्णय नै पार्टी निर्णय हुने व्यवस्था अन्ततः कार्यान्वयन हुन सक्छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka