Premier Cables
Premier Steel

अर्थ

लुम्बीनीको ‘कपी पेस्ट’ बजेट बक्तव्य, मूल अंक देवनागरी त्यससँगै रोमन

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ०२, २०८३  | बिहान १०:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सतवटै प्रदेशले असार १ गते नै आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट ल्याएका छन् । सोमबार कोसी, लुम्बिनी, मधेश,कर्णाली, गण्डकी, सुदूरपश्चिम र बाग्मती सरकारको बजेट प्रदेश सभामा पेश भएको छ ।

प्रदेश सरकारहरुले कानुन निर्माणका क्रममा विधेयक ‘कपी पेस्ट’ गर्ने आरोप खेप्दै आएका थिए । तर, यसपटक बजेट जस्तो सम्बेदशील सरकारी लिखत सभामा पेश गर्दा लुम्बिनी प्रदेशले चरम लापरवाही गरेको पाइएको छ ।

बिज्ञापन

सोमबार लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले रु. ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट प्रदेश सभामा प्रस्तुत गरेका छन् । तर, उनले प्रस्तुत गरेको बक्तव्य गत वर्षकै प्रतिमा ‘कपी पेस्ट’ मात्र गरेको पाइएको छैन । यसमा उल्लेख भएका अंक कतै रोमन त कतै देवनागरीमा लेखिएका छन् ।

लुम्बिनी सरकारले प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ तथा चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ विनियोजन गरेको छ । तर, बजेटको यही मूल विषय नै गत वर्षकै अंक मेटेर त्यसमै थपथाप गरेको पाइएको हो ।

अघिल्लो आर्थिक वर्षकै बजेटको कूल अंकमध्ये ३ देवानगरीमा राखेर त्यसपको पछाडि रोमनमा ७ उल्लेख गरी रु। ३७ बनाइएको छ । यसैगरी त्यसपछिका अंक सबै रोमनमा लेखिएको छ । वित्तीय हस्तान्तरणतर्फ रु. ३ अर्ब देवानगरीमा लेखेर त्यसपपछिको अंक रोमनमा लेखिएको छ ।

बजेट बक्तव्यमा उल्लेख गरिएका धेरै अंक देवानगरी र रोमन सँगसगै लेखेको पाइएको छ । कतै भने एउटा देवानगरी र अर्को रोमन लेखिएको छ ।

अघिल्लो आर्थिक वर्षको बक्तव्यको विवरणमा अंक मेटेर थपथाप गरेको देखिएको छ ।

लुम्बिनी सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ मा ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको थियो । बजेटमा उल्लेखित कार्यक्रमका शीर्षकको सि।नं भने सबै रोमनमा लेखिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa