Premier Cables
Premier Steel

विराटनगर

बावुद्वारा पीडित बहुअपाङ्गता भएका बालकलाई ईन्सेकको आर्थिक सहयोग

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ०२, २०८३  | बिहान ११:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । बहुअपाङ्गता भएका सात वर्षीय बालकमाथि क्रुर व्यवहार गर्ने बाबुविरूद्ध इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको पहलमा प्रहरीमा उजुरी दर्तापछि बालकको उपचार तथा कानुनी प्रक्रियाका आर्थिक सहयोग प्रदान गरिएको छ ।

इन्सेकको पहलमा ०८३ जेठ २२ गते आरोपित बाबुविरूद्ध इलाका प्रहरी कार्यालय, रानीमा उजुरीपछि बालकको उपचारका लागि असार १ गते ७ हजार ५ सय रुपियाँ सहयोग प्रदान गरिएको इन्सेक कोशी प्रदेश संयोजक मनोहर कुमार पोखरेलले बताए ।

बिज्ञापन

पीडित बालककी हजुरआमा सावित्रीदेवी मोचीलाई नातिको उपचार तथा कानुनी सहायताका लागि आर्थिक सहयोग प्रदान गरिएको हो । आर्थिक अवस्था अन्त्यन्त कमजोर भएका कारण पीडित बालकको उपचार तथा कानुनी प्रक्रियाका लागि रकम अभाव भएपछि सहयोगका लागि राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशले इन्सेकलाई जेठ २६ गते सहयोगका लागि निवेदन दिएको थियो ।

निवेदनका आधारमा इन्सेकले आर्थिक सहयोग उपलब्ध गराएको अपाङ्ग महासङ्घ कोशी प्रदेशका सचिव गोपालमान थापाले बताए ।

इन्सेकको पहलमा आरोपित बाबुविरूद्ध उजुरी दर्तासँगै आरोपितलाई प्रहरीले अनुसन्धानका लागि ०८३ जेठ २१ गते गिरफ्तार गरी अनुसन्धान गरिरहेको छ ।

राष्ट्रिय अपाङ्ग महासङ्घ कोशी प्रदेश र इन्सेकको समन्वयमा जेठ २१ गते पीडित बालकको उद्दारपछि कोशी अस्पतालको आकस्मिक कक्षमा प्राथमिक उपचार गरिएको थियो । सोहीदिन पीडित बालकलाई पोषणका लागि अस्पतालकै न्यूट्रिसन (पोषण) विभागमा भर्ना गरी उपचार गरिएको थियो ।

अस्पतालले जेठ २६ गते बालकलाई डिस्चार्ज गरेपछि इन्सेकको पहलमा बालकलाई मानव सेवा आश्रम विराटनगरमा सोहीदिन देखि राखिएको छ ।

विराटनगर महानगरपालिका–१४ हंसबाहिनी टोलस्थित सुकुम्बासी बस्तीका ४० वर्षीय दिनेश रामले अपाङ्गता भएका सात वर्षीय छोरामाथि क्रुर व्यवहार गर्दै आएका थिए ।

सात वर्षीय बालक जन्मिँदै आँखा नदेख्ने, कान नसुन्ने र हिँडडुल समेत गर्न नसक्ने अवस्थाका छन् । शारीरिक रूपमा असक्त अबोध छोरालाई बाबु दिनेश रामले क्रुर व्यवहार गर्दै आएका थिए । पीडित बालककी आमाले राजीखुसी अर्कोसँग विवाह गरी गएको र बाबु कुलतमा लागेकाले नातीलाई दिनहुँ जसो कुटपिट गर्ने गरेको बालककी हजुरआमा सावित्रीदेवी मोचीले बताइन् ।

पीडित बाकलका बाबु दिनेशले लागुपदार्थ सेवन गर्ने र छोरालाई कुटपिट गर्नुका साथै शरीरका विभिन्न भागमा टोकिदिने जस्ता अमानवीय व्यवहार गर्दै आएका थिए ।

दिनभर ज्याला मजदुरी गर्ने र बेलुका लागुपदार्थ सेवन गरी घर फर्किएपछि छोरामाथि क्रुर व्यवहार गर्ने घटनाका विषयमा इन्सेकले सूचना पाएपछि ०८३ जेठ २२ गते आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय, रानीमा उजुरी दर्ता भएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa