Premier Cables

राजनीति

कोशी प्रदेशको राजस्व संकलनमा ठूलो गिरावट, बजेट खर्च पनि सुस्त

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ०३, २०८३  | बिहान १०:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश सरकारको आन्तरिक राजस्व संकलन अत्यन्तै कमजोर देखिएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयको विवरणअनुसार चालू आर्थिक वर्ष २०८२/८३ को जेठ महिनामा प्रदेश सरकारको खातामा जम्मा ४ लाख ८३ हजार ७ सय ८२ रुपैयाँ मात्रै राजस्व दाखिला भएको छ ।

अर्बौं रुपैयाँको बजेट सञ्चालन गरिरहेको प्रदेश सरकारका लागि एक महिनाको आन्तरिक आम्दानी ५ लाख रुपैयाँभन्दा कम हुनु असामान्य देखिएको छ । यसले प्रदेशको आन्तरिक स्रोत परिचालनमा देखिएको कमजोरी वा राजस्व दाखिला तथा तथ्यांक व्यवस्थापनमा समस्या रहेको संकेत गरेको छ ।

विज्ञापन

कार्यालयको विवरणअनुसार जेठ महिनामा प्रदेशका प्रमुख राजस्व शीर्षकहरूबाट संकलन लगभग शून्य देखिएको छ । घरजग्गा रजिष्ट्रेशन दस्तुर, मूल्य अभिवृद्धि कर बाँडफाँड तथा प्राकृतिक स्रोतको रोयल्टीबाट कुनै राजस्व संकलन भएको छैन ।

जेठ महिनामा संकलित कुल ४ लाख ८३ हजार ७ सय ८२ रुपैयाँमध्ये सबैभन्दा बढी सवारी साधन करबाट २ लाख ३० हजार १ सय रुपैयाँ उठेको छ । त्यस्तै वन सेवाको रोयल्टीबाट १ लाख २३ हजार ५ सय ६४ रुपैयाँ, यातायात सेवाबाट ५३ हजार ५ सय रुपैयाँ तथा प्रशासनिक सेवा शुल्क र अन्य शीर्षकबाट ७६ हजार ६ सय १८ रुपैयाँ संकलन भएको छ ।

वैशाख मसान्तसम्म १० महिनाको अवधिमा संघीय सरकारबाट प्राप्त अनुदान र आन्तरिक स्रोतसहित प्रदेश सरकारले २९ अर्ब ४२ करोड ४६ लाख १ हजार २ सय ५४ रुपैयाँ राजस्व प्राप्त गरेको थियो । जेठको संकलन थपिएपछि कुल राजस्व २९ अर्ब ४२ करोड ५० लाख ८५ हजार ३६ रुपैयाँ पुगेको छ ।

तर जेठ महिनाको न्यून राजस्व संकलनको विवरणबारे प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख दामोदर खत्रीले तथ्यांक प्रिन्टमा त्रुटि भएको बताएका छन् । उनले विवरण सच्याएर पुनः सार्वजनिक गरिने जानकारी दिए ।

कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षमा आन्तरिक स्रोतबाट ५ अर्ब ५० करोड रुपैयाँ उठाउने लक्ष्य राखेको थियो । त्यस्तै संघीय राजस्व बाँडफाँडबाट १२ अर्ब ७४ करोड ६६ लाख रुपैयाँ, वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड ३४ लाख रुपैयाँ, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १० लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखिएको थियो ।

यस्तै विशेष अनुदानतर्फ ५५ करोड ७२ लाख र समपूरक अनुदानतर्फ ३९ करोड १७ लाख रुपैयाँको अनुमान गरिएको थियो ।

बजेट खर्च पनि सुस्त

राजस्व संकलनसँगै कोशी प्रदेश सरकारको बजेट कार्यान्वयन पनि कमजोर देखिएको छ । जेठ मसान्तसम्म प्रदेश सरकारले कुल बजेटको ४५.५ प्रतिशत अर्थात् १६ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ मात्रै खर्च गरेको छ ।

चालू आर्थिक वर्षका लागि प्रदेश सरकारको कुल बजेट ३६ अर्ब २ करोड १४ लाख ७२ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष सकिन एक महिना मात्रै बाँकी रहँदा आधाभन्दा बढी बजेट खर्च हुन सकेको छैन ।

विकासतर्फको पुँजीगत खर्च अवस्था अझ कमजोर छ । सरकारले पुँजीगत शीर्षकमा १७ अर्ब १४ करोड ३४ लाख ८० हजार रुपैयाँ विनियोजन गरेकोमा जेठ मसान्तसम्म ६ अर्ब ८३ करोड २३ लाख ८२ हजार रुपैयाँ अर्थात् ३९.८ प्रतिशत मात्रै खर्च भएको छ ।

जेठ महिनामा मात्रै प्रदेश सरकारले १ अर्ब ५४ करोड रुपैयाँ खर्च गरेको छ । ११ महिनाको अवधिमा विकास बजेटको ६० प्रतिशतभन्दा बढी रकम खर्च हुन नसक्दा असारमा ठूलो रकम खर्च गर्ने दबाब बढेको छ ।

चालूतर्फ भने प्रदेश सरकारले ९ अर्ब ५१ करोड ४५ लाख रुपैयाँ अर्थात् ५०.६७ प्रतिशत खर्च गरेको छ । चालू खर्चका लागि १८ अर्ब ७७ करोड ७९ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

विकास निर्माण, भौतिक पूर्वाधार र जनतासँग प्रत्यक्ष जोडिएका आयोजनाको खर्च गति कमजोर रहँदा प्रशासनिक खर्च भने तुलनात्मक रूपमा अघि देखिएको छ । आर्थिक वर्षको अन्त्यमा हतारमा बजेट खर्च गर्ने प्रवृत्तिले गुणस्तरमा असर पार्ने र आर्थिक अनियमितताको जोखिम बढाउने भन्दै आलोचना हुँदै आएको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka