Premier Cables
Premier Steel

कोशी प्रदेश

टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ०३, २०८३  | बिहान १०:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

झापा । झापाको गौरादहमा टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । पाडाजुंगी–गौरीगन्ज भित्री पक्की सडकखण्डअन्तर्गत गौरादह नगरपालिका–१ स्थित नवदुर्गा पेट्रोल पम्प अगाडि मंगलबार राति दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राति करिब ८ः२० बजे डिपु चोकबाट पेट्रोल पम्पतर्फ जाँदै गरेको प्र १–०१–००१ क ११८८ नम्बरको टिपरले साइकलमा सवार गौरादह–४ का ६१ वर्षीय प्रेमप्रसाद गुरागाईंलाई ठक्कर दिएको थियो ।

बिज्ञापन

दुर्घटनामा गम्भीर घाइते भएका गुरागाईंलाई उद्धार गरी उपचारका लागि दमक अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनापछि प्रहरीले टिपर र चालक गौरादह–१ का ३५ वर्षीय उमेश ताजपुरियालाई नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा गुरागाईंले मादक पदार्थ सेवन गरेको अवस्थामा साइकल चलाइरहेको पाइएको प्रहरीले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa