Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

चिनियाँ विजयोत्सवमा सैन्य परेड (तस्बिरहरु)

Calendar बुधबार, भाद्र १८, २०८२  | बिहान ११:१८ बजे

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले बेइजिङस्थित तियानमेन चोकमा बुधबार आयोजित भव्य सैन्य परेडका क्रममा विश्व अहिले “शान्ति वा युद्ध” को दोबाटोमा उभिएको चेतावनी दिएका छन्।

द्वितीय विश्वयुद्धमा जापानमाथि विजय प्राप्त भएको ८०औं वार्षिकोत्सवको अवसरमा आयोजित परेडमा राष्ट्रपति सीले खुला सवारीमा सैनिक निरीक्षण गर्दै राष्ट्र तथा उपस्थित दर्शकलाई सम्बोधन गरेका थिए। उनले समकालीन विश्वले सैन्य द्वन्द्व होइन, शान्तिको बाटो रोज्नुपर्ने सन्देश दिएका थिए।

बिज्ञापन

उक्त समारोहमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उन प्रमुख अतिथि थिए। समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहित २० भन्दा बढी देशका नेताहरू सहभागी थिए।

राष्ट्रपति सीकी पत्नी पेङ लियुआनले विदेशी अतिथिहरूको स्वागत गरेकी थिइन्।

७० मिनेट लामो भव्य सैन्य परेड

सैन्य शक्ति र कूटनीतिक प्रभाव प्रदर्शनको उद्देश्यसहित आयोजित ७० मिनेट लामो परेडमा चिनियाँ सेनाले ट्याङ्क, ड्रोन, क्षेप्यास्त्र, लडाकु विमान लगायत अत्याधुनिक हतियार प्रदर्शन गरेका थिए।

हेलीकोप्टरले विशाल ब्यानर तानेर उडेको दृश्य र लडाकु विमानले आकासमा आकृति बनाउँदै उडेको प्रदर्शनले दर्शकहरूलाई रोमाञ्चित बनाएको थियो।

कार्यक्रमको अन्त्यमा ८० हजार ‘शान्ति पारा’ र रंगीन बेलुनहरू आकाशमा छोडिएको थियो, जसले समारोहको वातावरणलाई अझ भव्य बनायो।


राष्ट्रपति सी परम्परागत माओ शैलीको खैरो सुटमा देखिएका थिए, जुन चिनियाँ इतिहास र राष्ट्रियताको प्रतीक मानिन्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka