Premier Cables
Premier Steel

शेयर बजार

नेप्सेमा उच्च वृद्धि, सबै समूहमा छायो हरियाली

नोट: यो समाचार १ महिना अघिको हो

Calendar बुधबार, भाद्र ११, २०८२  | अपराह्न ३:५५ बजे

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)परिसूचक उच्च अंकले बढेको छ ।

आज नेप्से परिसूचक १.९१ प्रतिशत अर्थात ५३.०१ अंकले बढेर २ हजार ८१९.१० विन्दुमा पुगेको छ ।

बिज्ञापन

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.७९ प्रतिशतले बढेर ४८३.४२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता सेयर ७ अर्ब ६८ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको बजारबारे सक्रिय लगानीकर्ता गोविन्द प्रसाद घिमिरे भन्छन्, ‘बजार घटबढ स्वभाविक नै हो । लामो समयसम्म घटेको बजारमा आज बाउन्स ब्याक आएको छ ।

कारोबार पनि ड्राई अप भएकाले बजार बढ्ने अपेक्षा लगानीकर्ताको थियो । बढ्दो बजारमा कारोबार बढ्नुलाई पनि स्वभाविक मान्न सकिन्छ ।’

उनले आजको बढोत्तरीले केही समय निरन्तरता पाउने सक्ने आँकलन समेत गरे ।

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालले अघिल्ला कारोबारहरुमा घट्न रोकिएको बजारले आज दिगो बढोत्तरीलाई संकेत गरेको बताए ।

अल्पकालिन कारोबारहरु बजार प्रवेश गरेका कारण र खरिद गर्ने लगानीकर्तामा मनोबल बढ्दा आज बजारमा सुधार आएको उनको भनाई छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । विकास बैंक समूह आज सर्वाधिकअर्थात ३.५९ प्रतिशतले बढ्यो ।

यस्तै बैंकिङ समूह १.५१ प्रतिशत,फाइनान्स २.१५,होटल १.७१, हाईड्रो २, लगानी २.३८, जीवन बीमा २.३९, उत्पादन तथा प्रशोधन २.७४, लघुवित्त १.२५, म्युचुअल फण्ड ०.६२, निर्जीवन बीमा १.७२, अन्य २.२१ र व्यापार समूह २.८७ प्रतिशतले बढ्यो ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka