Premier Cables

शेयर बजार

नेप्से घट्दा लगानीकर्ता ‘पर्ख र हेर’को मनस्थितिमा

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ०४, २०८२  | साँझ ५:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । बुधबार नेप्से सूचक १.२८ अंकले घटेर २६५३.४७ विन्दुमा झरेको छ । आज ९ अर्ब ८ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । कारोबार रकम मंगलबारको भन्दा धेरै हो ।

मंगलबाट ७ अर्ब ६५ करोड भन्दा धेरैको सेयर कारोबार भएको थियो । सूचकमा ठूलो उतारचढाव देखिएको छैन । बजार साइडवेजमा छ । त्यसमाथि, पछिल्लो समय केही सीमित स्टकमा मात्र चहलपहल बढेको छ । लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् । त्यसैले बजार सुस्त गतिमा चलिरहेको विश्लेषणकहरु बताउँछन् । यद्दपि, अहिले धेरै कुराहरुले बजारलाई सपोर्ट गरेको छ ।

विज्ञापन

बैंकिङ प्रणालीमा रहेको अधिक तरलता र निक्षेपमा अत्यन्त न्यून ब्याजदरका कारण अब धेरैको आकर्षण सेयर बजारतिर हुने विश्लेषणहरु भइरहेका छन् । यतिबेला निक्षेपकर्ताहरु बिच्किएको अवस्था छ । बचतमा ३-४ प्रतिशत हाराहारीमात्र ब्याजदर छ । यस्तै मुद्दतिमा पनि बैंकहरुले निकै कमदरमा ब्याज दिएका छन् ।

यसकारण पैसाको रोटेसन गर्नेहरुले बैंक निक्षेपबाट रकम झिकेर सेयर बजारतिर लगाउन थालेको देखिन्छ । यस्तै, लगानीका अन्य क्षेत्रहरु यतिबेला संकुचित भएको अवस्था छ । रियल स्टेट क्षेत्र ठप्प छ । व्यापार–व्यवसायदेखि अरु क्षेत्रहरु पनि गतिशील हुन सकेको छैन । अर्थतन्त्र लामो समयदेखि मन्दीमा रहेकाले समस्या भएको हो । यसर्थ, अब अर्थतन्त्र सुधारको प्रस्थान विन्दु सेयर बजार हुन सक्ने जानकारहरु बताउँछन् । यस्तै, बैंकहरुले निरन्तरजसो ब्याजदर घटाइरहेका छन् ।

अधिक तरलताको अवस्था विद्यमान रहेकाले तत्काल ब्याजदर बढ्ने अवस्था नरहेको बैंकरहरु बताउँछन् । असार महिनामा त अझै बैंक–वित्तीय संस्थाहरुले खासै नयाँ कर्जा प्रवाह गर्दैनन् । सबैको ध्यान रिकोभरीमै हुन्छ । यसआधारमा अझै लामै समय अधिक तरलताको अवस्था नै रहने सेयर लगानीकर्ताहरुको बुझाई रहेको देखिन्छ । बैंकरहरुका अनुसार अहिले सेयर धितो कर्जामा अलिबढी आकर्षण देखिएको छ । अरु क्षेत्रका कर्जामा खासै माग छैन । यसकारण सेयर बजारतिरै कर्जा प्रवाहमा वित्तीय संस्थाले पनि जोड दिएको पाइन्छ ।

त्यसो त पछिल्लो समय ठूला कर्जाका लागि पनि जोखिमभार कम गरिएको छ । अब ५० लाखभन्दा माथिका सेयर कर्जामा समेत एक सय प्रतिशतमात्र जोखिमभार हुनेछ । ठूला लगानीकर्ताहरुले कर्जा लिएर सेयर बजारमा प्रवेश गर्ने क्रम बढ्न थालेको तथ्यांकहरुले देखाएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो रिपोर्टमा पनि समग्र सेयर धितो कर्जा करिब ३९ प्रतिशतले बढेको छ । ठूला कर्जाको माग अझ बढी छ ।

यसआधारमा बजारमा माग बढ्ने र त्यसले सेयर मूल्य बढाउन भूमिका खेल्न सक्ने विश्लेषणहरु भइरहेका छन् । त्यतिमात्र होइन, असार–साउनमा अधिकांश वर्षहरुमा सेयर बजार सकारात्मक भएको इतिहास छ । यस्तै, अब साउन लागेसँगै सूचीकृत कम्पनीहरुको वार्षिक वित्तीय विवरण सार्वजनिक हुन थाल्नेछ । मुनाफा बढाएको रिपोर्ट आएमा त्यसले सेयर बजारमा सकारात्मक प्रभाव पार्न सहयोग गर्नेछ । वित्तीय विवरण सार्वजनिक भएलगत्तै लाभांश घोषणा गर्ने समय सुरु हुनेछ ।

यी कारणहरुले वर्षायाममा सेयर बजार तुलनात्मकरुपमा बढी सकारात्मक र चलायमान हुने गरेको पाइन्छ । कारोबार रकम बढ्दै गएकाले बजारमा सहभागीहरुको सख्ंया बढेको र विस्तारै सकारात्मक बाटो समाउन सक्ने अनुमान गरिएको हो । यस्तै, आगामी मौद्रिक नीति अझै सहज र लगानीमैत्री आउन सकेमा त्यसले पुँजी बजारको समग्र वातावरण थप सहज बनाउन सक्नेछ । बुधबार ३१४ स्टकको २ करोड ३४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

७१ करोड रुपैयाभन्दा बढीसहित कारोबार रकममा सानिमा माई हाइड्रोपावर अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सिंगटी हाइड्रो इनर्जी र बुटवल पावर कम्पनी परेका छन् ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka