Premier Cables

अर्थ

शेयर बजारमा उछाल, लाग्यो सर्किट ब्रेक

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, फाल्गुण २५, २०८२  | अपराह्न १:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाइ बहुमत ल्याउने सम्भावना देखिएपछि सेयर बजारमा उत्साहजनक उछाल देखिएको छ।

सोमबार सेयर बजार ६ प्रतिशतले बढेपछि कारोबार समयअघि नै बन्द गरिएको छ। बजार खुलेको पहिलो मिनेटमै ४ प्रतिशतले वृद्धि भएपछि २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो। त्यसपछि खुलेको बजार ५ प्रतिशतसम्म बढेपछि फेरि ४० मिनेटका लागि रोकिएको थियो।

विज्ञापन

४० मिनेटपछि पुनः सुरु भएको कारोबारमा सूचक ६ प्रतिशतले उकालो लागेपछि बजार त्यस दिनका लागि पूर्ण रूपमा बन्द गरिएको हो। यस दिन नेप्से सूचक १६२.९३ अंकले बढेर २८७५.४३ बिन्दुमा पुगेको छ।

बढ्दो बजारका बीच रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य मात्र घटेको छ भने अन्य २५२ कम्पनीका सेयर मूल्यमा वृद्धि देखिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka