Premier Cables
Premier Steel

अपराध विराटनगर

मोरङ जिल्ला कारागारमा महिला कैदी मृत फेला

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र ११, २०८२  | बिहान १०:५० बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङ जिल्ला कारागारमा थुनामा रहेकी एक महिला कैदी शौचालयभित्र झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन्।

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ की ३२ वर्षीया राधा भट्टराई (राधिका) बुधबार बिहान कारागारको महिला सेलमा रहेको शौचालयभित्र मृत अवस्थामा भेटिएकी हुन्।

बिज्ञापन

जेलर गौरव ढुंगेलका अनुसार भट्टराईलाई सुनसरी जिल्ला अदालतले कर्तव्यज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाएको थियो।

उनी २०८० साल माघ ५ गतेदेखि मोरङ कारागारमा थुनामा थिइन् भने अदालतको फैसला २०८१ कात्तिक ७ गते आएको थियो।

घटनाको पृष्ठभूमिमा, भट्टराईले आफ्ना दुई नाबालक सन्तानसहित सप्तकोशी नहरमा हामफालेकी थिइन्। उक्त घटनामा उनी र एक सन्तानको उद्दार भएको थियो भने अर्काे सन्तानको ज्यान गएको थियो। त्यसपछि उनीविरुद्ध कर्तव्यज्यानको आरोपमा मुद्दा चलाइएको थियो।

घटनाको थप अनुसन्धान भइरहेको कारागार प्रशासनले जनाएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka