Premier Cables
Premier Steel

समाचार

विवादित कोशी संचार विधेयकमाथि भदौ १३ को बैठकमा सभामा छलफल

नोट: यो समाचार २ महिना अघिको हो

Calendar आइतबार, भाद्र ०८, २०८२  | अपराह्न १:४७ बजे

विराटनगर । कोशी सरकारले ल्याएको आम सञ्चार विधेयकमाथि भदौ १३ गतेबाट प्रदेश सभा बैठकमा छलफल हुने भएको छ ।

 

बिज्ञापन

बैठक आइतबार (आज) राख्ने तय भएपनि पत्रकार महासंघसहित पेशागत संघ संगठनले विरोध जनाएपछि बैठक पछि सारिएको हो ।

 

पत्रकारहरुले दण्ड जरिबाना जस्ता प्रावधान खारेज गरेर मात्र विधेयक अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले जरिबाना सम्बन्धी मुद्दाको किनारा सरकारले नियुक्त गर्ने रजिस्ट्रारबाट गर्न गरेको प्रस्ताव समेत अस्विकार गर्ने जनाउ दिएका छन् । यसैगरी संचार सामग्रीको प्रकाशन र प्रशारणमा रोक लगाउने विषय संविधानले दिएको अधिकार विपरीत भएको भन्दै पत्रकारहरु सडक आन्दोलनमा उत्रिएका छन् ।

 

कोशी सभाको न्याय प्रशासन तथा विधायन समितिले विधेयकमाथि दफावार छलफल गरी त्यस्को प्रतिवेदन सभापति कमला दर्नालले सभामा पेश गरेपछि पत्रकारहरु थप सशक्त आन्दोलनमा उत्रिएका हुन ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka