Premier Cables
Premier Steel

कोशी प्रदेश विराटनगर

विराटनगरमा संचार विधेयकको विरोध गर्दा प्रहरी र पत्रकारको घम्साघम्सी

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र ०६, २०८२  | अपराह्न १:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेश सरकारले सदनमा पेश गरेको सञ्चार विधेयकको विरोधमा पत्रकारहरूले निषेधित क्षेत्रमा प्रदर्शन गरेका छन्।

प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दा केही समय तनावपूर्ण स्थिति सिर्जना भएको थियो।

बिज्ञापन

संसदीय संवाददाताहरूले प्रदेश सभा परिसरमै शान्तिपूर्ण धर्ना दिएका थिए भने नेपाल पत्रकार महासंघ कोसी प्रदेशका प्रतिनिधिहरूले परिसर बाहिर प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा पत्रकार र सुरक्षाकर्मीबीच घम्साघम्सी समेत भएको बताइएको छ।

विवादास्पद सञ्चार विधेयक न्याय, प्रशासन तथा विधायन समितिबाट पारित भई शुक्रबार सभामा पेश गरिएको हो। उक्त विधेयकमा पत्रकारलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने प्रावधान रहेको छ, जसको चर्को विरोध हुँदै आएको छ।

नेपाल पत्रकार महासंघ कोसी प्रदेशका अध्यक्ष भरत खड्काले उक्त विधेयकप्रति स्पष्ट असहमति जनाउँदै पत्रकारिताको स्वतन्त्रतामाथि गम्भीर हमला भएको टिप्पणी गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka