Premier Cables
Premier Steel

कोशी प्रदेश

विवादित कोशी संचार विधेयक: आज सांसदलाई एसएमएस पठाइयो

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र ११, २०८२  | अपराह्न १२:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको ‘कोशी प्रदेश सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक’ लाई प्रेस स्वतन्त्रताविरुद्धको गम्भीर हमला भन्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।

यस अन्तर्गत आज कोशी प्रदेश सभाका सांसदलाई विधेयकको संशोधन माग गर्दै पत्रकारहरुले एसएमएस पठाएका छन् ।

बिज्ञापन

महासंघले प्रेस विज्ञप्तिमार्फत विधेयक फिर्ता नलिए आन्दोलन चर्काउने चेतावनी दिएको छ। विज्ञप्तिमा पत्रकार महासंघले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र संविधानको मर्म विपरीत विधेयक ल्याएर प्रदेश सरकार प्रेसमाथि अंकुश लगाउन खोजेको स्पष्ट आरोप लगाएको छ।

महासंघले २०८२ साल भदौ ९ गतेदेखि सुरु हुने गरी ५ दिने चरणबद्ध आन्दोलन घोषणा गरेको छ। कार्यक्रम अनुसार:

भदौ ९ गते: प्रदेशभरका पत्रकारहरूले सामाजिक सञ्जालमार्फत ‘कोशी प्रदेश सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक खारेज गर, प्रेस स्वतन्त्रता विरोधी प्रस्ताव फिर्ता गर’ भन्ने सन्देश पोस्ट गर्ने।

भदौ १० गते: मुख्यमन्त्री, सभामुख, मन्त्री र प्रदेशसभा सदस्यहरूसँग स्मरण पत्र बुझाउने।

भदौ ११ गते: जिल्ला प्रशासन कार्यालयमार्फत मुख्यमन्त्रीलाई SMS मार्फत सन्देश पठाउने।

भदौ १२ गते: नेपाल पत्रकार महासंघ जिल्ला शाखाहरूले जिल्ला प्रशासन कार्यालय अगाडि १ घण्टाको विरोध प्रदर्शन गर्ने।

भदौ १३ गते: जिल्ला सदरमुकामहरूमा बिहान ११ बजेदेखि १ बजेसम्म स्वतःस्फूर्त विरोध कार्यक्रम सञ्चालन गरिने।

महासंघका महासचिव हिमा चेम्जोङद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा पत्रकार, संचारकर्मी, नागरिक समाज र लोकतन्त्रप्रेमी सबैलाई आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गरिएको छ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले विधेयक खारेज नभएसम्म थप सशक्त आन्दोलनको चेतावनी समेत दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka