२०८२ जेठ ०८, बिहिबार
Premier Cables

खेलकुद

आइपिएल क्रिकेट: मुम्बईका कप्तान हार्दिक पान्ड्यालाई २४ लाख जरिवाना

Hamro Biratnagar Calendar बुधबार, बैशाख २४, २०८२  | 3:41 PM

इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति भएको खेलमा मुम्बई इन्डियन्सका कप्तान हार्दिक पान्ड्यालाई २४ लाख भारतीय रुपैयाँको जरिवाना तोकिएको छ ।

बिज्ञापन

उनलाई गुजरात टाइटन्सविरुद्ध ‘स्लो ओभर’ का कारण जरिवाना तोकिएको हो । यसका साथै मुम्बईका प्लेइङ-११ र इम्प्याक्ट भएका खेलाडीहरुलाई पनि म्याच शुल्कको २५ प्रतिशत जरिवाना गरिएको छ ।

बिज्ञापन

गुजरातका मुख्य प्रशिक्षक आशिष नेहरलाई पनि म्याच शुलकको २५ प्रतिशत जरिवार गरिएको छ । साथै आईपीएल आचारसंहिता उल्लंघन गरेको भन्दै एक डिमेरिट अंक पनि दिइएको छ । जसको कारण भने खुलाइएको छैन ।

वर्षाका कारण प्रभावित भएको उक्त खेलमा गुजरातले मुम्बईविरुद्ध अन्तिम बलमा जित निकालेको थियो । अन्तिम ओभरमा १५ रन जोड्दै गुजरातले जित निकालेको हो ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर