Premier Cables
Premier Steel

विराटनगर

नक्सामा हेर्नुहोस् राधाकृष्ण रथयात्रा, कहाँ-कहाँ हुनेछ विश्राम

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र ०१, २०८२  | अपराह्न १२:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा आज राधाकृष्ण रथयात्रा निकालिँदै छ । यसको सबै तयारी पूरा भएको छ ।

आयोजक मूल समितिका अनुसार रथ निर्माणदेखि कार्यक्रम व्यवस्थापनसम्मका तयारीहरू अन्तिम चरणमा पुगेका छन्। मूल समितिका अध्यक्ष कैलाश रेग्मीले यस वर्षको रथयात्रा विगतका वर्षहरूभन्दा झनै भव्य र व्यवस्थित हुने विश्वास व्यक्त गरेका छन्।

बिज्ञापन

रथयात्रा तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट सुरु हुनेछ। रेग्मीका अनुसार रथले यसपटक विभिन्न ४४ स्थानमा विश्राम गर्नेछ, जहाँ श्रद्धालुहरूले पूजा-आराधना गरी प्रसाद ग्रहण गर्न सक्ने व्यवस्था मिलाइएको छ।

रथयात्राको मार्गमा मेनरोड, ट्राफिक चोक, रोडशेष, महेन्द्रचोक, धरान रोड, बरगाछी, दुर्गा चोक लगायतका प्रमुख स्थल समावेश छन्। अन्ततः रथ मन्दिर परिसरमै फर्किनेछ।

करीब ९ किलोमिटर दूरी तय गर्ने रथयात्राका लागि ६ घण्टा समय लाग्ने अनुमान गरिएको छ। कार्यक्रम मध्यान्ह ३ बजेदेखि सुरु हुने तय गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa