Premier Cables
Premier Steel

विराटनगर

विराटनगरको ऐतिहासिक पिपलको रुख काटियो, अभियानकर्मी पारुल क्षेत्रीको आक्रोश

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन २५, २०८२  | साँझ ७:५४ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगर सत्यनारायण मन्दिर अगाडि रहेको वर्षौं पुरानो ऐतिहासिक पिपलको रुख रथयात्रामा ‘अवरोध गर्ने’ भन्दै काटिएको घटनाप्रति विरोध सुरु भएको छ। विराटनगरका सामाजिक अभियन्ता पारुल क्षेत्रीले रुख काटिएको थाहा पाएलगत्तै घटनास्थल पुगेर प्रत्यक्ष विरोध जनाए।

क्षेत्रीका अनुसार रथको उचाइ बढाइएको कारण देखाउँदै यसपालि रथयात्रा पार गर्न रुख काटिएको हो, जुन काम गैरकानुनी र गैरजिम्मेवारपूर्ण हो। “रथयात्राको नाममा रुख काट्न पाइँदैन। कसैसँग पनि यस्तो अधिकार छैन,” उनले भने।

क्षेत्रीले माइकिङ गर्दै स्थानीय युवाहरुलाई रुख संरक्षणमा एकजुट हुन आह्वान गरे। उनले प्रश्न गर्दै भने, “आज रथले डिस्टर्ब गर्छ भनेर रुख काटियो, भोलि मन्दिरले डिस्टर्ब गर्छ भनेर भत्काइने हो? विराटनगरबासी किन मौन छन्? यत्रो पिपलको रुख काटिँदा पनि आवाज उठ्दैन?”

उनले यो कार्यलाई हिन्दू आस्था र वातावरण दुवैविरुद्धको कदम भन्दै कडा शब्दमा आलोचना गरे। साथै, अदालत र प्रशासनले दोषीमाथि कडा कारवाही गर्नुपर्ने माग गरे।

विराटनगर महानगरपालिकाकाे निर्देशनमा रुख काटिएको आरोप लगाउँदै क्षेत्रीले यसलाई नगरको हरियाली र सांस्कृतिक सम्पदामाथि प्रहारको रूपमा व्याख्या गरे।

पारुल क्षेत्री लामो समयदेखि राजनीति छाडेर विराटनगरमा वृक्षारोपण र वातावरण संरक्षणमा सक्रिय छन्। उनका अनुसार, ऐतिहासिक रुख काटिँदा मौन बस्नु भविष्यमा थप प्राकृतिक सम्पदा नष्ट हुने संकेत हो।

जन्माष्टमीको भोलिपल्ट हरेक वर्ष निकालिने रथयात्राको तयारीमा यो कदम चालिएको मानिएको छ, जसको औचित्यबारे स्थानीय स्तरमा चर्को बहस सुरु भएको छ।अहिले नगर प्रहरीले रथ गुड्ने स्थानका तार समेत हटाइ रहेका छन् ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka