Premier Cables
Premier Steel

मनोरञ्जन

इटहरीमा नेपथ्यको पहिलो कन्सर्ट, १० हजार दर्शकले एकसाथ गाए गीत

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक १९, २०८३  | बिहान १०:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सुनसरी । नेपाली सांगीतिक क्षेत्रको चर्चित ब्यान्ड नेपथ्यले पहिलोपटक इटहरीमा सांगीतिक प्रस्तुति दिएको छ । बुधबार साँझ इटहरी रंगशालामा आयोजित ‘नेपथ्य लाइभ इन कन्सर्ट–२०२६’ मा करिब १० हजार दर्शक सहभागी भएका छन् ।

पूर्वाञ्चल इभेन्ट्स प्रालिको आयोजनामा भएको कन्सर्टमा इटहरीसहित पूर्वी नेपालका विभिन्न जिल्ला तथा भारतको सिक्किम र दार्जिलिङबाट समेत दर्शक आएका थिए ।

विज्ञापन

आयोजकका अनुसार कन्सर्टका लागि ८ हजार ५०० टिकट बिक्री भएको थियो भने थप १ हजार ५०० पास वितरण गरिएको थियो । टिकट र पासमार्फत गरी करिब १० हजार दर्शकले नेपथ्यको प्रत्यक्ष प्रस्तुति हेरेका हुन् ।

बुधबार साँझ करिब ६ बजे नेपथ्यका मुख्य गायक अमृत गुरुङ स्टेजमा उक्लिँदा दर्शकको हुटिङ र तालीले रंगशाला गुञ्जिएको थियो । ‘नमस्ते इटहरी, नमस्ते कोशी प्रदेश’ भन्दै दर्शकलाई अभिवादन गरेका गुरुङले एकपछि अर्को लोकप्रिय गीत प्रस्तुत गरेका थिए ।

उनले ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’, ‘सुन सुन साइँली’, ‘कर्णाली’, ‘पोखरा बजार’, ‘मुक्लाङ जाऊँला’ र ‘रुकुम’ लगायतका चर्चित गीत गाएका थिए । नेपथ्यका लोकप्रिय गीतमा हजारौँ दर्शक एकसाथ झुम्दा इटहरी रंगशाला सांगीतिक माहोलमा रमाएको थियो ।

कन्सर्टका क्रममा गुरुङले मनोरञ्जनसँगै सामाजिक र राष्ट्रिय एकताको सन्देशसमेत दिएका थिए । उनले नेपाली संगीतलाई माया गर्न, आपसी सद्भाव र एकता कायम राख्न तथा राष्ट्र निर्माणमा सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

राजनीतिक दल, कर्मचारी, समाजका अगुवा र नीति निर्मातासहित सबैले देश निर्माणमा भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । युवालाई विदेश पलायन हुनुपर्ने बाध्यता अन्त्य गर्दै स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने धारणा पनि उनले राखेका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka