Premier Cables
Premier Steel

राष्ट्रिय

उद्योग मन्त्री र अष्ट्रेलियाका राजदूतबीच छलफल

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक १९, २०८३  | बिहान ११:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साह र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच छलफल भएको छ ।
त्यस क्रममा नेपाल–अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, लगानी प्रवर्द्धन र आपसी सहयोगका विविध विषयमा छलफल भयो।

सो अवसरमा मन्त्री साहले भोटेकोशी तथा बुढीगण्डकी क्षेत्रमा आएको बाढीका समयमा नेपाललाई अष्ट्रेलिया सरकारले प्रदान गरेको मानवीय सहयोग, सद्भाव र समर्थनप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।

विज्ञापन

साथै, आगामी दिनमा दुई देशबीच व्यापार विस्तार, आर्थिक साझेदारी तथा पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउँदै लैजाने विषयमा समेत विचारविमर्श भयो।

नेपाल र अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउँदै आर्थिक तथा व्यापारिक सहकार्यका नयाँ सम्भावनाहरू अघि बढाउने विषयमा भेट सकारात्मक रहेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka