Premier Cables
Premier Steel

अपराध विराटनगर

मोरङमा १५ लाख ६० हजार रुपैयाँ बराबरका १०४ पोका सयपत्री फूलका माला बरामद

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक १८, २०८३  | साँझ ४:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

मोरङ | मोरङको कानेपोखरी गाउँपालिकाबाट भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका १५ लाख ६० हजार रुपैयाँ बराबरका सयपत्री फूलका तयारी माला बरामद गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस लक्ष्मीमार्गबाट विशेष सूचनाका आधारमा खटिएको टोलीले कानेपोखरी गाउँपालिका–४, टावरटोलस्थित साना किसान बचत तथा सहकारी संस्थाको कोल्ड स्टोरमा छापा मार्दा उक्त माला बरामद गरेको हो।

विज्ञापन

सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याएर कोल्ड स्टोरमा भण्डारण गरी राखिएका १०४ पोका सयपत्री फूलका तयारी माला बरामद गरेको जनाएको छ।

बरामद मालाको अनुमानित मूल्य १५ लाख ६० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka