विराटनगर । विराटनगर महानगरपालिका–१०, संसारीमाईस्थानस्थित पूर्व चियाबारी रेस्टुरेन्ट एन्ड बार औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
बुधबार एक कार्यक्रमबीच रेस्टुरेन्टको औपचारिक उद्घाटन गरी सेवा सुरु गरिएको हो । बढ्दो महँगीका बीच ग्राहकलाई आफ्नो बजेटअनुसार स्वादिष्ट परिकार उपलब्ध गराउने उद्देश्यले रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको सञ्चालक राजन शाहले बताए ।
शान्त र रमणीय वातावरणमा सञ्चालनमा आएको रेस्टुरेन्टमा ग्राहकको माग र रुचिअनुसार विभिन्न परिकार तथा फुड आइटमको व्यवस्था गरिएको शाहले जानकारी दिए । परिवार तथा समूहमा आउने ग्राहकका लागि छुट्टाछुट्टै बस्ने र खाने व्यवस्था समेत मिलाइएको उनले बताए ।
बिजय साह,देवराज पन्जियार र राजन साहले मिलेर संचालनमा ल्याएको रेस्टुरेन्ट सहरको बीचमै गाउँको झल्को दिने शैलीमा निर्माण गरिएको रेस्टुरेन्टमा करिब ३० लाख रुपैयाँ लगानी भएको सञ्चालकको भनाइ छ । रेस्टुरेन्टमा आउने ग्राहकका लागि पार्किङको सुविधासमेत उपलब्ध गराइएको छ ।
स्वादिष्ट परिकार, शान्त वातावरण र बजेटअनुसारको सेवामार्फत ग्राहकलाई फरक अनुभव प्रदान गर्ने लक्ष्यसहित रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको सञ्चालक शाहले बताए ।
