Premier Cables
Premier Steel

समाचार

इटहरीमा पक्राउ परेका ‘नक्कली व्याकुल माइला’ को हुन् ?

Calendar शुक्रबार, साउन ३०, २०८२  | बिहान ११:३० बजे

विराटनगर । राष्ट्रगानका वास्तविक रचयिता प्रदीपकुमार राई ‘व्याकुल माइला’ को नाम दुरुपयोग गरी ठगी गरेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

उदयपुर बेल्टारका मिलन राईलाई इटहरी उपमहानगरपालिका परिसरबाट बिहीबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ। उनले आफैंले लेखेका पुस्तकहरूलाई ‘व्याकुल माइला’ को कृति भन्दै बिक्री गर्दै आएका थिए।

बिज्ञापन

प्रहरीका अनुसार मिलन राईले लामो समयदेखि सरकारी तथा गैरसरकारी निकायमा व्याकुल माइला बनेर ठगी गर्दै आएका थिए। उनी इटहरी उपमहानगरमा पुस्तक बिक्रीपछि भुक्तानी लिन आएका बेला पक्राउ परेका हुन्।

यसअघि, उनले आफू नै राष्ट्रगानका सर्जक भएको दाबी गर्दै राष्ट्रपति कार्यालयमा उजुरी दिएका थिए। करिब सात महिनाअघि उनले सभामुख देवराज घिमिरेसमक्ष निवेदन पेश गर्दै व्याकुल माइला नाममा दिइँदै आएको मासिक भत्ता आफूले पाउनुपर्ने माग समेत गरेका थिए।

प्रहरीले घटनाको थप अनुसन्धान गर्दै उनीमाथि ठगीको मुद्दा अघि बढाउने तयारी गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka