Premier Cables
Premier Steel

अपराध

कपडाको कार्गोभित्र लुकाएर अमेरिका पठाउन लागिएको सुनका गहना बरामद, दुई पक्राउ

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार १८, २०८३  | अपराह्न १२:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । जुत्ता, पाइन्ट, साडीलगायतका कपडा रहेको भन्दै अमेरिका निर्यात गर्न लागिएको कार्गोबाट ठूलो परिमाणमा सुनका गहना बरामद भएका छन्। घटनामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

विमान सुरक्षा प्रहरी कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार पक्राउ पर्नेमा एपेक्स लजिस्टिक प्रालिका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र झापास्थित युनिक कार्गोका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाल रहेका छन्।

विज्ञापन

प्रहरीका अनुसार असार १६ गते साँझ करिब ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनमा रहेको मेनिफेस्ट नम्बर एएमएस एपी–३२१ अन्तर्गतको कार्गो बाकसमा जुत्ता, पाइन्ट, साडीलगायतका कपडा रहेको विवरण उल्लेख गरिएको थियो। तर जाँचका क्रममा उक्त कार्गोभित्र लुकाइएका सुनका गहना फेला परेपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka