Premier Cables

विराटनगर

पर्सि राधाकृष्ण रथयात्रा : भारतका मुख्यमन्त्रीहरू नआउने, जोगबनीका मेयर भारतीय अतिथि

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ३०, २०८२  | बिहान ११:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । राधाकृष्ण रथयात्रामा सहभागी हुने आथितिहरु टुंगो लागेको छ ।

मूल आयोजक समितिले जनाएअनुसार पर्सि कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अपरान्ह ३ बजे तीनपैनीस्थित राधाकृष्ण मन्दिर परिसरबाट रथयात्रा शुभारम्भ गर्ने छन् । मुख्यमन्त्रीले पूजाअर्चना गरेपछि रथयात्रा अघि बढ्ने छ ।

विज्ञापन

यात्रामा कोसी प्रदेशका मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, विराटनगर महानगरपालिकाका मेयर, विराटनगर आसपास र छिमेकी पालिकाहरुका मेयर उपमेयर लगायत अतिथि रथयात्रामा सहभागी हुने छन् । सुरक्षा निकायका प्रदेशस्थित प्रमुख, नेपाली सेना तथा सशस्त्र प्रहरी बलका प्रमुखलगायत अतिथि रहने मूल आयोजक समितिका सचिव कृष्ण कार्कीले जानकारी दिएका छन् ।

कार्कीका अनुसार भारतबाट अतिथिहरु आउने टुंगो लागेको छैन । प्रदेश सरकारसमेतको समन्वयमा आयोजकले भारतका तीनवटा राज्य बिहार, पश्चिम बंगाल र सिक्किमा मुख्यमन्त्रीहरुलाई आतिथ्य ग्रहण गर्न निमन्त्रणा दिएका थिए । यो पटक नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि भने गराइने तय भएको कार्कीले बताए ।

भारतको प्रतिनिधि स्वरुप छिमेकी जोगबनी नगरपञ्चायत(पालिका) मेयर विनोद कुमार र उपमेयर पनि रथयात्रा समारोहमा सहभागी हुने भएका छन् ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka