






विराटनगर । राधाकृष्ण रथयात्रामा सहभागी हुने आथितिहरु टुंगो लागेको छ ।
मूल आयोजक समितिले जनाएअनुसार पर्सि कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अपरान्ह ३ बजे तीनपैनीस्थित राधाकृष्ण मन्दिर परिसरबाट रथयात्रा शुभारम्भ गर्ने छन् । मुख्यमन्त्रीले पूजाअर्चना गरेपछि रथयात्रा अघि बढ्ने छ ।
यात्रामा कोसी प्रदेशका मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, विराटनगर महानगरपालिकाका मेयर, विराटनगर आसपास र छिमेकी पालिकाहरुका मेयर उपमेयर लगायत अतिथि रथयात्रामा सहभागी हुने छन् । सुरक्षा निकायका प्रदेशस्थित प्रमुख, नेपाली सेना तथा सशस्त्र प्रहरी बलका प्रमुखलगायत अतिथि रहने मूल आयोजक समितिका सचिव कृष्ण कार्कीले जानकारी दिएका छन् ।
कार्कीका अनुसार भारतबाट अतिथिहरु आउने टुंगो लागेको छैन । प्रदेश सरकारसमेतको समन्वयमा आयोजकले भारतका तीनवटा राज्य बिहार, पश्चिम बंगाल र सिक्किमा मुख्यमन्त्रीहरुलाई आतिथ्य ग्रहण गर्न निमन्त्रणा दिएका थिए । यो पटक नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि भने गराइने तय भएको कार्कीले बताए ।
भारतको प्रतिनिधि स्वरुप छिमेकी जोगबनी नगरपञ्चायत(पालिका) मेयर विनोद कुमार र उपमेयर पनि रथयात्रा समारोहमा सहभागी हुने भएका छन् ।