Premier Cables

समाचार

जन्माष्टमीको अवसरमा श्रीकृष्ण मानुभाव पन्थको विविध कार्यक्रम

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ३०, २०८२  | साँझ ४:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर-१७ मा अवस्थित जय श्रीकृष्ण मानुभाव पन्थ मन्दिरले यस वर्षको कृष्ण जन्माष्टमी पर्वको अवसरमा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।

वि.सं २०५३ सालमा उद्घाटन गरिएको यो मन्दिर विराटनगरको दक्षिणी भेगमा बसोबास गर्ने हिन्दू समुदायको आस्थाको केन्द्रका रूपमा स्थापित हुँदै आएको छ। प्रत्येक वर्षझैँ यस वर्ष पनि मन्दिर व्यवस्थापन समितिले जन्माष्टमीको दिन विशेष कार्यक्रमहरू आयोजना गर्ने तयारी गरेको हो।

विज्ञापन

मन्दिर समितिका अध्यक्ष ईश्वरचन्द्र विद्यसागर साहका अनुसार ऐतिहासिक महत्व बोकेको यस मन्दिरमा विभिन्न धार्मिक गतिविधि हुँदै आएका भए पनि यो केही हदसम्म छायाँमा परेको महसुस भएको छ। त्यसैले यस वर्ष झाँकी प्रदर्शनीसहितका अन्य कार्यक्रमलाई थप व्यवस्थित र भव्य बनाइने जानकारी उनले दिए। साथै उनले सम्पूर्ण भक्तजनलाई कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह समेत गरे।

यो मन्दिरको जग श्यामसुन्दर साहले २०४७ सालमा १ कठ्ठा ४ धुर जग्गा दान दिएर राखेका थिए। हाल मन्दिरको गेट र पर्खालमा रंगरोगन गरिँदैछ भने, समितिका कोषाध्यक्ष चन्दन साहका अनुसार यस वर्षको जन्माष्टमीलाई अझ भव्य बनाउन सम्पूर्ण समुदाय मिलेर तयारी थालिएको छ।

मन्दिरको पछाडि रहेको जमिन स्थानीयको सहयोगमा खरिद भई हाल त्यहाँ सामुदायिक भवन निर्माणको कार्यसमेत अगाडि बढाइएको छ। भारतको सिमाना नजिकै अवस्थित यस वडाको आफ्नै ऐतिहासिक महत्व रहेको छ। महाभारतकालीन कथा अनुसार पाण्डवहरू यही क्षेत्रमा गुप्तवास बसेको विश्वास छ।

समाजसेवी सत्यनारायण साहले मन्दिरको ऐतिहासिक र धार्मिक महत्वलाई सबैसम्म पुर्‍याउन आवश्यक रहेको बताउँदै, सबै श्रद्धालु र भक्तजनलाई यस पावन पर्वमा सहभागी भई मन्दिरको प्रचारप्रसारमा योगदान पुर्‍याउन आग्रह गरे।

देशभरजस्तै विराटनगरमा पनि कृष्ण जन्माष्टमी पर्व विभिन्न कार्यक्रममार्फत श्रद्धा र भव्यताका साथ मनाइँदै आइएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka